२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा नेमकिपाले बनायो फराकिलो अग्रता



अ+ अ-

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको मेयर पदमा आफ्नो अग्रतालाई फराकिलो बनाएका छन् ।

प्रजापतिले नौ हजार ४०८ मत हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले एक हजार ७०३ मत मात्र ल्याएका छन् । त्यस्तै नेकपा (एमाले) का रवीन्द्र लाछिमस्यूले एक हजार १०० र नेकपा (माओवादी केन्द्र)का तुल्सीभक्त सुवालले ३१६ मत हासिल गरेका छन् ।

नेमकिपाको बिरासत मानिएको भक्तपुर नगरपालिकामा विसं २०७४ को स्थानीय तहको निर्वाचनमा पनि मेयर पदमा प्रजापति फराकिलो मतान्तरले विजयी भएका थिए । त्यतिबेला प्रजापतिले २५ हजार ७३० मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले छ हजार ५६० मात्र भोट ल्याएका थिए ।

अहिले सो नगरपालिकाको उपमेयर पदमा पनि नेमकिपाले नै अग्रता बनाएको छ । नेमकिपाका उपमेयर उम्मेदवार रजनी जोशीले नौ हजार ५६८ मत पाउँदा एमालेकी रञ्जना खर्बुजाले एक हजार २०५ मात्र मत हासिल गरेकी छिन् ।