२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर महानगर र महालक्ष्मी नगरपालिकामा कांग्रेसको अग्रता



अ+ अ-

ललितपुर । ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम रहेको छ ।

मतपरिणामअनुसार हालसम्म एक हजार चार सय मत गणना भएको छ । कांग्रेसका उम्मेदवार महर्जनले ७०६ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३३६ मत पाउनुभएको छ ।

महालक्ष्मी नगरपालिकामा एक हजार ७६ मत गणना हुँदा माओवादीको अग्रता कायम छ । नगर प्रमुखमा माओवादीका शिव कट्टेलले ४१६ मत र एमालेका हरिगोविन्द श्रेष्ठले ३६९ मत पाउनुभएको छ । उपप्रमुखमा एमालेकी वीना सुवेदी केसीले ४२२ मत र कांग्रेसबाट लक्ष्मी महर्जनले ३३८ मत पाउनुभएको छ ।

महालक्ष्मी –१ अध्यक्षमा एमालेका छिरिङ लामाले ३५३, माओवादीका अभिषेक केसीले २२६ र कांग्रेसका मधुसुदन केसीले २१२ मत प्राप्त गर्नुभएको जनाइएको छ ।