पोखरा । पोखरा महानगरपालिकाको मतगणनामा नेकपा (एकीकृत समाजवादी)ले अग्रता कायम राखेको छ ।
जारी मतगणनामा १ हजार ६०० मत गणना हुँदा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रमुख पदका उम्मेदवार धनराज आचार्यले ६१३ मत पाउनुभएको छ भने नेकपा (एमाले)का उम्मेदवार कृष्ण थापाले ५८३ मत प्राप्त गर्नुभएको छ ।
राप्रपाका शंकर खरालले ९८ र गनेस पौडेलले ३६ मत पाएका छन् ।