२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मी दरबारमा चार वडा सहित अध्यक्षमा थापा र उपाध्यक्षमा ढेंगा विजयी



अ+ अ-

गुल्मी। गुल्मी दरबार गाँउपालिका गुल्मीमा अध्यक्ष र उपाध्यक्ष सहित चार वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ । पालिका अध्यक्षमा सरोज थापा र उपाध्यक्षमा तारा थापा ढेगा विजयी हुनु भएको हो । नेकपा एमालेले तीन वटा वडामा विजयी हासिल गरेको छ ।

कांग्रेसबाट पालिका अध्यक्ष र उपाध्यक्ष विजयी हुंंदा एमालेबाट अध्यक्षका उम्मेदवार कृष्ण प्रसाद भुसाल र उपाध्यक्षका उम्मेदवार शुसिल पुन पराजित हुनु भएको हो । भुसाल र पुन गत स्थानिय निर्वाचनमा समेत पराजित हुनु भएको थियो । २०७४ को निर्वाचनमा समेत कांग्रेस चार वटा वडा सहित पालिका अध्यक्ष र उपाध्यक्षमा विजयी भएको थियो ।

कांग्रेसबाट पालिका अध्यक्ष निर्वाचित थापाले ६१६६ मत ल्याउदा एमालेका भुसालले ५६०२ मत पाउनु भएको थियो । थापाले भुसाललाई ५६४ मत अन्तरले पराजित गर्नु भएको छ । कांग्रेसबाट पालिका उपाध्यक्ष विजयी ढेंगाले ६१८८ मत ल्याउदा पुनले ५५८९ मत पाउनु भएको निर्वाचन अधिकृतको कार्यालयका प्रकाश थापाले जानकारी गराउनुभयो । थापाले पुनलाई ५९९ मत अन्तरले पछाडी पार्नु भएको छ । यस पालिकामा कांग्रेस र एमाले दुवै पार्टीले किल्ला जोगाउने र भत्काउने दाउमा थिए । कांग्रेसले आफ्नो किल्ला जोगाउन सफल भएको छ । एमालेको पालिका पल्टाउने रणनीति सफल हुन सकेन ।

वडा नं. १ मा नेपाली कांग्रेसका राजेन्द्र प्रसाद कडेल विजयी हुनु भएको छ । यस वडामा गत निर्वाचनमा एमाले विजयी भएको थियो । वडा नं. २ मा एमालेबाट विष्णु प्रसाद गौतम विजयी हुनु भएको छ । गत निर्वाचनमा यस वडामा एमाले नै विजयी भएको थियो । वडा नं. ३ कांग्रेसका राम बहादुर थापा विजयी हुनु भएको छ । गत निर्वाचनमा यस वडा कांग्रेसले नै जितेको थियो ।

वडा नं. ४ मा एमालेबाट देविराम (बावुराम) पोखरेल विजयी हुनु भएको छ । यस वडामा गत निर्वाचनमा एमाले नै विजयी भएकाे थियो । वडा नं. ५ मा एमालेबाट गुणानिधी पौडेल विजयी हुनु भएको छ । गत निर्वाचनमा यस वडामा कांग्रेस विजयी भएको थियो ।

वडा नंं ६ मा कांग्रेसबाट मुकेश थापा विजयी हुनु भएको छ । गत निर्वाचनमा कांग्रेस नै विजयी भएको थियो । वडा नं.७ मा कांग्रेसबाट शालिकराम टण्डन विजयी हुनु भएको छ । गत निर्वाचन पनि यस वडामा कांग्रेस नै विजयी भएको थियो ।