१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपनीको स्थगित निर्वाचन जेठ २ गते



अ+ अ-

सप्तरी । मतदानका क्रममा हवाई फायरपछि रोकिएको सप्तरीको रुपनी गाउँपालिका–५ बसविट्टीको निर्वाचन जेठ २ गते हुने भएको छ । रुपनी गाउँपालिका–१ स्थित निर्वाचन अधिकृतको कार्यालयमा शनिबार बसेको सर्वदलीय बैठकले स्थगित मतदान जेठ २ गते बिहान ७ बजेदेखि गर्ने निर्णय भएको निर्वाचन अधिकृत कुमार मास्केले बताउनुभयो ।

निर्वाचन अधिकृत मास्केको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवाली, सप्तरीका प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम, गणपति दुर्गाबहादुर थापा, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अविनारायण काफ्ले, सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्का, राष्ट्रिय अनुसन्धान कार्यालयका उपनिर्देशक नरेश साह, जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीसहित राजनीतिक दलका प्रतिनिधि र उम्मेदवारहरुको उपस्थिति रहेको थियो ।

शुक्रबार अपराह्न सवा ४ बजे वर्षाले रोकिएको मतदान पुनः सञ्चालन भएको केहीबेरमा साँझ साढे ६ बजे दुई पक्षबीच झडपको स्थिति सृजना भएपछि उत्तेजित भीडलाई नियन्त्रण गर्न प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको थियो । हवाई फायरले मतदाताहरु तितर बितर भएपछि शुक्रबार राति निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन स्थगित गरेको सूचना टाँस गरेको थियो ।