७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

डडेलधुराको गन्यापधुरा गाउँपालिका नेपाली कांग्रेस बिजयी



अ+ अ-

डडेलधुरा — नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा इन्द्रबहादुर कार्की निर्वाचित हुनु भएको छ ।

कार्कीले ३ हजार ३८४ मत प्राप्त गर्नु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस बीपीका सुरेन्द्र मालीले एक हजार ६०४ मत पाउनु भएको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार ज्ञानुकुमारी सेटी विजयी हुनु भएको छ । उहाँले ३ हजार १३ मत पाउनु भएको छ ।

उहाँकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्र महराले एक हजार ७०३ मत पाउनु भयो ।

तर प्रधानमन्त्री देउवाले मतदान गर्नु भएको वडा नं १ को रुवाखोलाबाट भने कांग्रेसका उम्मेदवार पराजित भएका थिए ।