• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

बुटवल–१ मा स्वतन्त्र उम्मेदवार विजयी, नगरप्रमुखमा पाण्डेकै अग्रता



काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणनाअनुसार जिल्लाको एक मात्र उपमहानगरपालिका रहेको बुटवल वडा नं १ को वडाअध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

बुटवल उपमहानगर–१ बाट सुरु गरिएको उक्त वडाको अन्तिम परिणामअनुसार वडाअध्यक्ष पदका स्वतन्त्र उम्मेदवार नरेन्द्रकुमार बस्नेत ६३६ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी २०७४ को निर्वाचनमा नेकपा एमालेका तर्फबाट महेन्द्र लिङ्गलले ५५१ मत प्राप्त गरेका छन् । वडाध्यक्षमा निर्वाचित बस्नेत २०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भएर पराजित भएका थिए ।

यस्तै वडा नं १ को सदस्य पदमा भने नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । उक्त वडाको महिला सदस्यमा नीलम गौतम, दलित महिला सदस्यमा प्रेमशिला धोबी, खुल्ला सदस्यमा अशोक राई र अदिल अहमद खान विजयी भएका छन् । वडा नं १ को मतगणना सकिँदा नगरप्रमुख पदमा भने नेपाली कांग्रेसका प्रत्याशी खेलराज पाण्डेले नै अग्रता कायम राखेका छन् । शुक्रबार सम्पन्न मतदानमा जम्मा १९७४ मत खसेकामा यस वडाबाट पाण्डेले ८४३ प्राप्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मृगेन्द्रकुमार शेरचनले ४१४ र नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराईले ३४० मत प्राप्त गरेका छन् ।

यस्तै उपप्रमुख पदमा राप्रपाकै भगवती पाण्डेले ४५८, नेकपा एमालेकी सावित्रादेवी अर्यालले ४१९ र नेकपा समाजवादीका चिनबहादुर गुरुङले ३४९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै जिल्लाको शुद्धोधन गाउँपालिका–१ मा जनता समाजवादी पार्टीको वडाअध्यक्ष पदका उम्मेदवार एक मतले विजयी भएका छन् । उक्त वडामा जसपाका उदयराज गडेरियाले कांग्रेसका उम्मेदवारलाई एक मतले पछि पारेर विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँले ९९२ मत पाउँदा प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले ९९१ मत प्राप्त गर्नुभएको छ ।