२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ अपडेटः बालेन्द्र शाह ४०२ मतका साथ अग्रस्थानमा



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मत गणनाको पछिल्लो परिणाम (साँझ ७ बजेको) अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार कूल एक हजार १८० मत गणना गर्दा उहाँले ४०२ मत प्राप्त गर्नुभएको हो । सुरुआतदेखि नै अग्रता लिनुभएका साहले मतान्तर बढाउँदै लैजानुभएको छ ।

राष्ट्रिय सभागृहमा जारी मतगणनाको पछिल्लो परिणाममा नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले ३१९ मत प्राप्त गर्नुभएको छ । उहाँ साहभन्दा ८३ मतले पछि हुनुहुन्छ । गठबन्धनका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंहले २०२ मत ल्याउनुभएको छ । उहाँ साहभन्दा २०० मतले पछाडि हुनुहुन्छ । राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ५३ मत प्राप्त गर्नुभएको छ ।

अहिले काठमाडौँ महानगर–१, २, ३ र ३२ को मतगणना जारी रहेको काठमाडौँका जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिनुभयो । काठमाडौँ महानगरमा कूल तीन लाख २४२ मतदातामध्ये एक लाख ९० हजार १७० मत खसेको थियो ।

उपप्रमुखमा डङ्गोलको अग्रता

यस्तै महानगरको उपप्रमुख पदमा नेकपा ९एमाले० का उम्मेदवार सुनिता डङ्गोलले अग्रता लिनुभएको छ । सार्वजनिक मत परिणाम अनुसार उहाँले ५३० मत प्राप्त गर्नुभएको छ । यस्तै गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएका नेकपा ९एकीकृत समाजवादी० का रामेश्वर श्रेष्ठले ११० मत ल्याउनुभएको छ ।