५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदुरपश्चिम प्रदेशमा कांग्रेस अगाडि, पछ्याउँदै एमाले र माओवादी केन्द्र



अ+ अ-

धनगढीः सुदुरपश्चिम प्रदेशमा रहेका ८८ वटा स्थानीय तहमा मतगणनाका प्रारम्भिक विवरणहरु प्राप्त भइरहेका छन् । यी मतपरिणामका प्रारम्भिक रुझानले यस प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा देखिएको छ भने नेकपा (माओवादी केन्द्र) ले दुबै दललाई पछ्याइरहेको छ ।

यस प्रदेशमा एक उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँ पालिका छन् ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाको बलियो पकड रहेको भनिएको यस प्रदेशमा चुनावी परिणामहरुका आधारमा हेर्दा पनि नेपाली कांग्रेस २८ स्थानीय तहमा प्रमुख वा अध्यक्षका पदमा अग्रता बनाइरहेको छ भने नेकपा एमालेले १६ स्थानमा अगाडि छ । त्यस्तै नेकपा माओवादी केन्द्रले १३ स्थानमा अग्रता कायम गरेको छ ।

तर एमालेबाट फुटेको नेकपा (एकीकृत समाजवादी) भने आशा गरे अनुरुप प्रदर्शन गर्न सकेको छैन । यहाँबाट साँझ ६ बजेसम्म एक उम्मेदवारले मात्र अग्रता बनाइरहेका छन् । अन्य उम्मेदवारले ५ स्थानमा अग्रता कायम गरेका छन् ।