२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस उम्मेदवार पराजित



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री एवम् शेरबहादुर देउवाको गृह वडामा कांग्रेस पराजित भएको छ ।

कांग्रेसबाट विद्रोह गरी कांग्रेस बीपीको तर्फबाट बनेका उम्मेदवार विजयी बनेका हुन् ।

डडेलधुराका कांग्रेसका पूर्व सभापति कर्णबहादुुर मल्ल समूहले कांग्रेस वीपीबाट जिल्लाभर उम्मेदवार बनाएको छ । एमालेसँग तालमेल गरेको कांग्रेस बीपीले देउवाको गृह वडामा नरेश भण्डारीलाई अध्यक्षको उम्मेदवार बनाएको थियो ।

देउवाको गृह पालिका गन्यापधुरा–१ मा पर्दछ । उक्त वडाबाट कांग्रेस बीपीबाट विजयी भण्डारीले ६७३ मत ल्याए । उनीसँग पराजित कांग्रेसका उम्मेदवार चन्द्रबहादुर देउवाले ५४४ मत ल्याए ।