१६ असार २०८३, मंगलवार
,
Latest
कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत येन ४० वर्षयताकै कमजोर, हस्तक्षेपको तयारीमा जापान कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध युरोपमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित नारायणी किनारदेखि माईतीघरसम्मः नागरिकता र लालपुर्जाको लागि सुस्ताको सङ्घर्ष (तस्बिरहरु) सम्पादक मिश्रलाई चार महिना कैद परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट देशभरका होटेलको खाद्य गुणस्तर अनुगमन गर्न ७७ वटै सीडीओलाई गृह मन्त्रालयको निर्देशन महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छु : नेता सिंह



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘नम्बर वान म्यान’ भएर पार्टीलाई संस्थागत रूपमा अगाडि बढाउन खोजेको बताउनुभएको छ ।

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उहाँले पार्टी विधि र विधानअनुसार नचलेको आरोप लगाउँदै आफू ‘नम्बर वान म्यान’ भएर पार्टीलाई संस्थागतरूपमा अगाडि बढाउन खोजेको बताउनुभयो ।

“मैैले गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र सुशील कोइराला सभापति हुँदा उपसभापति र महामन्त्री भएर काम गरिसकेको छु, पार्टीलाई बलियो बनाउन ‘नम्बर वान म्यान’ भएर काम गर्न चाहन्छु,” उहाँले भन्नुभयो । अग्रज नेताको सम्मान गर्दै पार्टीमा नयाँपुस्ता अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो । नेता सिंहले नेविसङ्घ, जिल्लाको राजनीति हुँदै आफू केन्द्रीय राजनीतिमा आएकाले सबैको अनुभवलाई समेटेर अगाडि बढ्ने बताउनुभयो ।