१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोल्पाको जगदुल्लाबाट नारासिंहले खोले माओवादीका लागि पहिलो खाता



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्ष पदमा पहिलोपटक खाता खोलेको छ । डोल्पाको जगदुल्ला गाउँपालिका माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार नारासिंह रोकाय विजयी बनेका छन् ।

रोकायले जितका लागि ७७० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार हेमबहादुर महताराले ७४६ मत हासिल गरे ।

सो गाउँपालिकाको उपाध्यक्षमा समेत माओवादी केन्द्रकै उम्मेदवार अमरिता बोहोरा ७५९ मत ल्याइन विजयी बनिन् । प्रतिद्वन्द्वी एमालेकी चन्द्रावती थापाले ७४९ मत ल्याइन् ।

जम्मा ६ वटा वडा रहेको जगदुल्लामा वडा नं १, ३ र ६ मा एमालेका उम्मेदवार, वडा नं ४ र ५ मा माओवादी केन्द्रका उम्मेदवार र वडा नं २ मा नेपाली कांग्रेसका उम्मेदवार वडाध्यक्ष पदमा जित हासिल गरेका छन् ।