२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपिएलः हैदराबादमाथि पन्जाबको रोमाञ्चक जित



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पन्जाब किंग्सले सनराइजर्स हैदराबादलाई ५ रनले पराजित गरेको छ । 

जितको लागि १ सय २६ रनको सामान्य लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २० रन मात्र बनाउन सक्यो । 

हैदराबादलाई जितको लागि अन्तिम ६ बलमा १७ रन आवश्यक थियो । पन्जाबका नाथन एलिसले ११ रन खर्चिदै जित दिलाएका हुन् ।

जेसन होल्डरले २९ बलमा ५ छक्का प्रहार गर्दै ४७ रनमा अविजित रहेपनि टोलीलाई जित दिलाउन सकेनन् । अन्य कुनैपनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । 

ओपनर ऋद्धिमान शाह ३७ बलमा १ चौका सहित ३१ रनमा पेभिलियन फर्किए । ओपनर डेविड वार्नर २, कप्तान केन विलियम्सन १, मनिष पाण्डे २३ बलमा १३ र केदार जाधव १२ रनमा आउट भए ।

पन्जावका स्पिनर रवि बिश्रोईले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । मोहम्मद शामीले ४ ओभरमा १ मेडन सहित १४ रन खर्चेर २ विकेट लिए भने अर्शदीपको नाममा १ विकेट रह्यो ।

त्यसअघि शारजाहमा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २५ रन बनाएको थियो । पन्जाबका एडेन माक्ररमले ३२ बलमा २ चौका सहित २७ रन जोडे । कप्तान लोकेश राहुल २१ बलमा ३ चौका सहित २१ रन बनाए भने मयंक अग्रवाल ५, क्रिस गेल १४, निकोलस पुरन ८, दीपक हुडा १३, हरप्रीत ब्रार १८ र नाथन एलिसले १२ रन जोडे । 

हैदराबादका जेसन होल्डरले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । सन्दीप शर्मा, भुवनेश्वर कुमार, राशिद खान र अब्दुल सामदले एक-एक विकेट लिए ।