१६ असार २०८३, मंगलवार
,
Latest
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रेन्टफोर्डसँग लिभरपुलको बराबरी



अ+ अ-

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले ब्रेन्टफोर्डसँग बराबरीमा खेलेको छ ।शनिबार राति भएको खेलमा लिभरपुल ब्रेन्टफोर्डसँग ३-३ गोलको बराबरीमा रोकिँदै अंक बाँडेको हो । 

ब्रेन्टफोर्डको मैदानमा भएको खेलमा सुरुवाती अग्रता घरेलु टोलीले बनाएको थियो । खेलको २७ औं मिनेटमा इथान पिन्नोकले गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिलाएका थिए ।

३१ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा फर्काए । खेलको ५४ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए । 

खेलको ६३ औं मिनेटमा भिटाली जनेल्टले गोल गर्दै ब्रेन्टफोर्डलाई २-२ को बराबरीमा ल्याए । खेलको ६७ औं मिनेटमा कुर्टिस जोन्सले गोल गर्दै लिभरपुललाई ३-२ को अग्रता दिलाए ।

यता, खेलको ८२ औं मिनेटमा योएनी विसाले गोल गर्दै ब्रेटफोर्डलाई ३-३ गोलको बराबरीमा फर्काए । बराबरीसँगै लिभरपुलले ६ खेलमा १४ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।

यस्तै ब्रेन्टफोर्ड ९ अंकसहित नवौं स्थानमा रहेको छ ।