१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल राष्ट्रिय शिक्षक संगठन भिमादमा सुरज लम्साल चयन



अ+ अ-

तनहुँ । नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनको भिमाद नगर समितिको अध्यक्षमा सुरज लम्साल चयन भएका छन् । 

शनिबार भिमाद – ६ जनज्योति क्याम्पसमा भएको दोस्रो नगर अधिवेशनले लम्सालको अध्यक्षतामा पदाधिकारी चयन गरेको हो । 

यस्तै नगर समितिको महिला उपाध्यक्षमा अञ्जना शर्मा, उपाध्यक्षमा केशर बहादुर खड्का, सचिवमा रामशरण भण्डारी, सहसचिवमा मञ्जु सुवेदी, कोषाध्यक्षमा मञ्जुकुमारी थापा र सहकोषाध्यक्षमा वसन्ती शर्मा चयन भएको शिक्षक प्रकाश तिम्सिनाले जानकारी दिए । 

भिमाद नगरप्रमुख मेख बहादुर थापाको प्रमुख आतिथ्यतामा एवं नेराशिसं तनहुँको संस्थापक अध्यक्ष दधिराज सुवेदी, भिमाद उपप्रमुख शारदा खनालको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । 

चयन भएका पदाधिकारीहरु निम्नानुसार रहेका छन्,

अध्यक्षः सुरज लम्साल

उपाध्यक्ष महिलाः अञ्जना शर्मा

उपाध्यक्षः केशरबहादुर खड्का

सचिवः रामशरण भण्डारी

सहसचिवः मञ्जु सुवेदी

कोषाध्यक्षः मञ्जुकुमारी थापा

सहकोषाध्यक्षः वसन्ती शर्मा

सदस्यः 

नरेन्द्र लम्साल

दर्शन थापा

चिनबहादुर थापा

विष्णुप्रसाद श्रेष्ठ

डिलमाया थापा

पूर्णबहादुर थापा

मनिषा लम्साल 

सुन्दर नेपाली 

रुपा विक

जिताकुमारी थापा

सुमित्रा थापा

जमुना नेपाली

गिता श्रेष्ठ

संस्थागत 

कृष्णश्याम गैह्रे