• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

भिमादको मेयरमा एमालेको अग्रता



तनहुँ । तनहुँको भिमाद नगरपालिकामा मेयर पदमा नेकपा एमालेले तथा उप मेयर पदमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

भिमादको वडा नं १ को ४१७ मत गन्दा एमालेका मेयर उम्मेदवार दधिराज सुवेदीले १३४ मत ल्याएका छन् भने गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका काजिमान श्रेष्ठले ९९ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा नेपाली कांग्रेसका मिलन आलेले १७७ मत ल्याएका छन् भने एमाले शारदा खनालले १०४ मत ल्याएकी छन् ।

यस्तै वडा अध्यक्षमा कांग्रेसका उम्मेदवारले २२६ मत ल्याएका छन् भने एमालेका उम्मेदवारले ५७ मत ल्याएका छन् ।