२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सल्यानका सात स्थानीय तहको मतगणना जारी



अ+ अ-

सल्यानः जिल्लाका सात स्थानीय तहका मत गणना जारी छ । बाँकी तीन तहमा मतगणना सुरु गर्नेगरी तयारी भइरहेको छ । अहिलेसम्म शारदा नगरपालिका सहित दार्मा , सिद्धकुमाख, कुमाख, छत्रेश्वरी, त्रिवेणी र कपुरकोट गाउँपालिकामा मतगणना भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

बाँकी बनगाड कुपिण्डे र बागचौर नगरपालिका र कालीमाटी गाउँपालिकामा मतगणना सुरु गर्नेगरी तयारी भइरहेको छ । हालसम्मको मतगणनाअनुसार नेपाली कांग्रेसले शारदा नगरपालिका सहित दार्मा र सिद्ध कुमाख र कुमाख गाउँपालिकामा अग्रता लिएको छ । एमालेले त्रिवेणी गाउँपालिाका, माओवादी केन्द्रले छत्रेश्वरी गाउँपालिका र समाजवादीले कपुरकोट गाउँपालिकामा प्रारम्भिक नतिजामा अग्रता लिएका छन् ।

जिल्लामा नेपाली कांग्रेसले एकल उम्मेदवारी दिएको छ भने माओवादी र समाजवादीको गठबन्धन रहेको छ । जिल्लामा एक लाख ५७ हजार १५७ मतदाता रहेकामा एक लाख आठ हजार ८१२ अर्थात् ६८ दशमलव ९९ प्रतिशत मत खसेको निर्वाचन कार्यालयका सूचना अधिकारी प्रवीन चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाभर शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको र केही स्थानीय तहमा मतपेटीका गणनास्थलसम्म ल्याउन ढिला भएकाले अहिले मतगणना सुरु गरिएको जानकारी दिनुभयो ।