७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता

पर्यवेक्षकका आँखामा स्थानीय तह निर्वाचन

पर्यवेक्षकका आँखामा स्थानीय तह निर्वाचन
अ+ अ-

काठमाडौं । “काठमाडौँलगायत केही मतदान केन्द्र साँघुरो भएका कारण मतदान कार्यमा ढिलाइ र मतदातालाई अप्ठ्यारो भएको पाइयो । भक्तपुरका केही मतदान केन्दमा अस्तव्यस्त र भद्रगोल व्यवस्थापन भएको पाइयो ।” पर्यवेक्षणका लागि जिम्मेवारी पाएको एक संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रतिनिधिले मतदानस्थलमा देखेको दृश्य हो यो ।

“विगतका निर्वाचन जस्तै यस निर्वाचनमा पनि अपाङ्गता भएका मतदाताले केही स्थानमा मतदान गर्न कठिनाइ भोग्नु प¥यो । बाँकेको राँझास्थित आदर्श माविमा अपाङ्गता भएका मतदातालाई ह्विलचेयर लैजानबाट वञ्चित गरेको पाइयो”, इन्सेकले आज भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ का क्रममा पर्यवेक्षणपछि आजै साँझ निर्वाचन आयोगलाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा भनिएको छ, “अघिल्लो निर्वाचनका लागि मतदाता परिचयपत्र लिएका मतदाताको क्रम सङ्ख्या फरक हुँदा नाम खोज्न समय लागेको र यसले मतदान प्रक्रियामा ढिलासुस्ती भएको पाइयो । कतिपय मतदान केन्द्रमा मतदाता परिचय भए पनि मतदाता नामावली नाम नभएको पाइयो भने कतिपय स्थानमा मतदाता परिचयपत्र एउटा केन्द्रमा पुगेको र नाम अर्कै मतदान केन्द्रमा भएको पनि पाइयो ।”

आयोगबाट पर्यवेक्षण अनुमति प्राप्त गरेका इन्सेकका २३४ जना पर्यवेक्षकले प्राप्त गरी ७५ जिल्लाका २५० भन्दा बढी मतदानस्थलको अनुगमन गरेका थिए । इन्सेकका पर्यवेक्षकहरूबाट प्राप्त भएको जानकारीअनुसार आजको निर्वाचनमा छिटपुट वादविवाद, केही झडप तथा आचारसंहिता उल्लङ्घनका घटनाबाहेक शान्तिपूर्णरूपमा सम्पन्न भएको छ ।

यो निर्वाचनले स्थानीय सरकारको निरन्तरताको सुनिश्चितता गरेको र आवधिक निर्वाचनहरू स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित, भयरहित र शान्तिपूर्ण हुनुपर्छ भन्ने मान्यतालाई सार्थक बनाएको सो संस्थाको बुझाइ छ । यो निर्वाचनमा देखिएको जनताको उत्साह, युवा पुस्ताको व्यापक र दरिलो सहभागिता, महिला तथा दलितको व्यापक प्रतिनिधित्व हुन पाउने अवस्थाले लोकतन्त्रको आधारस्तम्भलाई बलियो बनाउने नै छ । नयाँ संविधानद्वारा प्रदत्त अधिकारलाई जनताको घरदैलोमा पु¥याउन यो निर्वाचनले खेल्ने भूमिका महत्वपूर्ण हुने इन्सेकले जनााएको छ ।

प्रतिवेदनमा मतदान प्रक्रियाका बारेमा मतदाता अलमलमा परेको र मतदान केन्द्रमा महिला र पुरुष मतदाताका लाइन अलगअलग गरिएको थियो भने ज्येष्ठ नागरिक, गर्भवती, अपाङ्गता भएका र बिरामी मतदातालाई सहजरूपमा मतदान गर्ने व्यवस्था मिलाइएको उल्लेख छ ।

निर्वाचनका क्रममा महोत्तरीको बलवा नगरपालिकाको एक मतदानस्थलमा गोली चल्यो । मतदानका क्रममा बलवा नगरपालिका–५ को मतदानस्थलमा विवाद हुँदा प्रहरीले एक राउन्ड गोली प्रहार गरेको हो । काभ्रेको चौँरीदेउराली गाउँपालिका–६ को कात्तिके देउरालीको प्रभा माविमा रहेको मतदान केन्द्रमा १० बजेतिर ब्याकपका लागि राखिएका मतपेटिका तोडफोड भएपछि मतदान प्रक्रिया अवरुद्ध भएको छ ।

पर्यवेक्षकहरूलाई मतदान केन्द्रको प्रवेशमा कुनै अवरोध खडा नभए पनि मतदानस्थलको अवलोकनमा भने सहजता महसुस नभएको, मतदान केन्द्रमा कर्मचारी र प्रहरीको व्यवहार मतदाता र पर्यवेक्षकहरूमाथि सम्मानजनक भएको पाइएको प्रतिवेदनमा जनाइएको छ ।

“निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन सरकार, राजनीतिक दल र निर्वाचन आयोगले कुनै कसर बाँकी नरहेको बताइरहँदा आचारसंहिताको व्यापक उल्लङ्घन, एक अर्काप्रति आरोप–प्रत्यारोप तथा झडपका घटना अभिलेखित भए । निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित हुन सकेमा मात्रै निर्वाचनको महत्व बढ्छ”, प्रतिवेदनको निचोडमा भनिएको छ, “निर्वाचन आचारसंहिताको परिपालनामा देखिएको कमी कमजोरी सच्याउन तथा उल्लङ्घनकर्तालाई कारबाहीको दायरामा ल्याउन सकिए निर्वाचनको महत्व अझ बढ्ने देखिन्छ । यसै वर्ष हुने प्रदेश र सङ्घीय संसद्को निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व बोकेको निर्वाचन आयोगले यो र यसअघि सम्पन्न निर्वाचनबाट पाठ सिकेर कार्ययोजना बनाउनु श्रेयस्कर हो ।”

आचारसंहिता उल्लङ्घन उपर परेका उजुरीमा कारबाही भएको भरपर्दो सूचना थाहा नपाएका कारण आयोगले गर्ने कारबाही प्रक्रियाप्रति विश्वस्त हुन नसकेको र त्यस कारण पनि निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा कमी नआएको जनाइएको छ । “भड्किलो प्रचारप्रसार, मौन अवधिमा भएका पैसाका चलखेल, भोजभतेर जस्ता कार्यहरू गरी मतदातालाई प्रभाव पार्ने कार्य भयो । यसले निर्वाचन महङ्गो हुँदै गएको र जसरी पनि चुनाव जित्नुपर्छ भन्ने मान्यता राजनीतिक दलहरूमा विकास भएको आभास मिल्यो । निर्वाचन आचारसंहिताको परिपालनामा देखिएको कमीकमजोरी सच्याउन तथा उल्लङ्घनकर्तालाई कारबाहीको दायरामा ल्याउन सकिए निर्वाचनको महत्व बढ्ने देखिन्छ”, प्रतिवेदनमा भनिएको छ ।

निर्वाचन पर्यवेक्षणका लागि ६८ संस्थाका करिब पाँच हजार प्रतिनिधिले अनुमति पाएका छन् ।