• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

सप्तरीको डाक्नेश्वरीमा निर्वाचन स्थगित



सप्तरीको डाकेश्वरी निर्वाचन केन्द्रको मतदान स्थगित हुने भएको छ । केही ओक्रोशित समूहले मेतपेटिका फोडेर मतपत्र छरिएपछि निर्वाचन स्थगित हुने भएको बताइएको छ ।

यद्यपि मतदान स्थगितको औपचारिक निर्णय भइसकेको छैन । मतदान स्थलमा मतपत्र छरिएको छ । अब आयोगले सूचना निकालेर सो मतदान केन्द्रमा निर्वाचन स्थगित गरी पुनः छिट्टै मतदान गर्नुपर्ने हुन्छ ।

एक अशक्त मतदाताले मतदानका लागि आग्रह गर्दा मतदान अधिकृतले मतदाताले भनेको सट्टा अर्को चिह्नमा मतदान गरिदिएको भन्ने आरोप लगाउँदै आक्रोशित समूहले विवाद गरेको थियो ।

विवाद बढ्दै गई उग्र रुप लिएपछि आक्रोशित समूहले मतपेटिका फोडेर मतपत्र छरेका थिए ।