• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

प्रचण्डलाई आयोगको ८ घन्टे स्पष्टिकरण



काठमाडौँ । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ८ घण्टे स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आयोगले मौन अवधिमा भोट मागेको भन्दै प्रचण्डलाई यो स्पष्टिकरण सोधेको हो । बिहीबार प्रचण्डले मौन अवधिमा चितवनका भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट उम्मेदवार रहेकाहरुको पक्षमा मत मागेको भन्दै ८ घण्टे स्पष्टीकरण सोधेको हो ।

‘निर्वाचन आचारसंहिता विपरीत हुनेगरी मौन अवधिमा राजनीतिक गतिविधि र निर्वाचन प्रचारप्रसार गरी निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकोमा यहाँलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (२) र उपदफा (३) बमोजिम किन कारवाही गर्नु नपर्ने हो ? यो पत्र प्राप्त भएको समयले आठ घण्टाभित्र आयोगमा प्राप्त हुने गरी लिखित जवाफ पेश गर्नुहुन निर्णयानुसार अनुरोध छ’ आयोगले पठाएको स्पष्टीकरणमा भनिएको छ ।