९ असार २०८३, मंगलवार
,
Latest
हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा महानगर सभापतिमा विजुक्छे विजयी



अ+ अ-

पोखरा । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पोखरा महानगरपालिका समितिका लागि शनिबार सम्पन्न निर्वाचनबाट सुरेन्द्रमान बिजुक्छे नगर सभापतिमा निर्वाचित हुनुभएको छ । 

आज बिहान घोषित मतपरिणामअनुसार उहाँले ४१४ मत प्राप्त गर्नुभयो भने उहाँका निकटम प्रत्यासी गङ्गाधर पराजुलीले ३४६ मत प्राप्त गर्नुभयो । महानगरको सभापतिमा कूल छ जनाको उम्मेदवारी परेकामा खसेका कूल एक हजार ३४४ मतमध्ये रामराज लामिछानेले २०९, मिलन तिवारीले १५३, मोहन बाँस्तोलाले १२६ र ज्योति हमालले ११ मत प्राप्त गर्नुभयो ।

पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव समेत रहनुभएका बिजुक्छे यसअघि नेपाली कांग्रेस पोखरा महानगरको उपसभापति हुनुहुन्थ्यो । यसैगरी उपसभापतिमा ५६९ मत प्राप्त गर्दै  प्रयागराज भण्डारी र ४६४ मत प्राप्त गर्दै भवसागर बराल निर्वाचित हुनुभएको छ । उपसभापतिका छ प्रत्यासी रहेकामा निर्दोशविक्रम पौडेलले ४०७, राजेन्द्र बरालले ३७४, कृष्णप्रसाद अधिकारिले ३६५ र शिव केसीले १७३ मत प्राप्त गर्नुभयो ।

दुईजना निर्वाचित हुने महानगरको सचिवमा टुवराज बाँस्तोला र गणेशबहादुर थापा विजयी हुनुभयो । बाँस्तोलाले ८४९ र थापाले ८०३ मत प्राप्त गर्नुभयो । सचिवका अर्का प्रतिस्पर्धी सुरेन्द्रबाबु तिवारीले ६१७ मत प्राप्त गर्नुभयो । सहसचिवमा ५८० मत प्राप्त गर्दै सङ्घर्ष कोइराला र ४६५ मत प्राप्त गर्दै सञ्जय आले निर्वाचित हुनुभयो । सहसचिवका छ उम्मेदवारमध्ये नरेन्द्र बाँस्तोलाले ४५८, पुष्पराज सिग्देलले २४४, रवीन कायस्थले २७८ र लक्ष्मी बाँस्तोलाले ३८६ मत प्राप्त गर्नुभयो ।