काठमाडैं । पछिल्लो दुई दिनदेखि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । विधान महाधिवेशनको तयारीमा रहेको एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी छ ।
उपाध्यक्ष भीम रावल भने जारी केन्द्रीय कमिटी बैठकबाट बाहिरिएका छन् ।
आजै (आइतबार) बसेको बसेको स्थायी कमिटी बैठकमा उनलाई आफ्ना कुरा राख्न भनिएको थियो । तर उनले त्यहाँ आफ्नो केही कुरा नरहेको बताएका थिए ।
रावलले आफूले समय आएपछि बोल्ने भन्दै मौन बसेका थिए । स्थायी कमिटी सकिएर लगत्तै बसेको केन्द्रीय कमिटी बैठकमा पनि उनी केही बेर बसेर बाहिरिएका हुन् ।
नेता रावलले असार २७ को १० बुँदे सहमति अनुसार पार्टीलाई २०७५ जेठ २ को अवस्थामा लैजानुपर्ने अडान राख्दै आएका छन् ।










