११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबार सुनसान, चार दिनको विदाले सर्वसाधारणलाई समस्या हुनसक्ने



अ+ अ-

काठमाडौं । हिजो आज सिंहदबार सुनसान छ । आजदेखि थप सुनसान हुनेछ । किनभने कर्मचारीहरु आजदेखि धेरैजसो सिंहदरबार छोड्ने छन् । त्यसो त यहाँका कर्मचारी निर्वाचनमा खटेका छन् । तर पनि बाँकी रहेका पनि आजबाट उपस्थित नहुने निश्चित छ ।

भोलि मतदानको दिन सरकारले सार्वजनिक विदा दिएको छ । भोलिमात्र नभएर अब सरकारी विदा चार दिनसम्म परेको छ । शुक्रबार भोलि मतदानकै विदा दिएको छ सरकारले भने पर्सी ३१ गते शनिबार छ । त्यसपछि जेठ १ गते देखि नेपाल सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार विदा दिएको छ भने २ गते सोमबार पनि बुद्ध पूर्णिमाको सार्वजनिक विदा छ । यसरी कर्मचारीले आज एक दिन आफ्नो विदा लिएर गए भने अब एकै पटक आगामी मंगलबार ३ गते मात्र कार्यालय पुग्दा हुनेछ ।

दशैँमा सप्तमीदेखि पाँच दिन विदा हुन्छ । त्यस्तै आज कर्मचारी घर गए भने पनि चार दिन नै सरकारी विदा छ । कर्मचारीहरुले आज एक दिन विदा लिए भने भोलिदेखि लगातार चार दिन विदा छ । यसैका कारण पनि कर्मचारीहरुले पनि आज एक दिन विदा लिएर चार दिनसम्म छुट्टी पाएकाले गाउँ लागेका हुन् ।

यसरी चार दिनसम्म लगातार सार्वजनिक विदा भएर यहाँका कार्यालयहरु नखुल्ने भएपछि सरकारी काम लिनुपर्ने सर्वसाधारणलाई भने मर्का पर्ने भएको छ । कतिपय अर्जेन्ट पासपोर्ट चाहिने तथा भिसाका लागि प्रक्रिया थाल्नुपर्ने विद्यार्थी तथा सर्वसाधारणलाई यसले समस्या पर्ने देखिएको छ ।