३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबार सुनसान, चार दिनको विदाले सर्वसाधारणलाई समस्या हुनसक्ने



अ+ अ-

काठमाडौं । हिजो आज सिंहदबार सुनसान छ । आजदेखि थप सुनसान हुनेछ । किनभने कर्मचारीहरु आजदेखि धेरैजसो सिंहदरबार छोड्ने छन् । त्यसो त यहाँका कर्मचारी निर्वाचनमा खटेका छन् । तर पनि बाँकी रहेका पनि आजबाट उपस्थित नहुने निश्चित छ ।

भोलि मतदानको दिन सरकारले सार्वजनिक विदा दिएको छ । भोलिमात्र नभएर अब सरकारी विदा चार दिनसम्म परेको छ । शुक्रबार भोलि मतदानकै विदा दिएको छ सरकारले भने पर्सी ३१ गते शनिबार छ । त्यसपछि जेठ १ गते देखि नेपाल सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार विदा दिएको छ भने २ गते सोमबार पनि बुद्ध पूर्णिमाको सार्वजनिक विदा छ । यसरी कर्मचारीले आज एक दिन आफ्नो विदा लिएर गए भने अब एकै पटक आगामी मंगलबार ३ गते मात्र कार्यालय पुग्दा हुनेछ ।

दशैँमा सप्तमीदेखि पाँच दिन विदा हुन्छ । त्यस्तै आज कर्मचारी घर गए भने पनि चार दिन नै सरकारी विदा छ । कर्मचारीहरुले आज एक दिन विदा लिए भने भोलिदेखि लगातार चार दिन विदा छ । यसैका कारण पनि कर्मचारीहरुले पनि आज एक दिन विदा लिएर चार दिनसम्म छुट्टी पाएकाले गाउँ लागेका हुन् ।

यसरी चार दिनसम्म लगातार सार्वजनिक विदा भएर यहाँका कार्यालयहरु नखुल्ने भएपछि सरकारी काम लिनुपर्ने सर्वसाधारणलाई भने मर्का पर्ने भएको छ । कतिपय अर्जेन्ट पासपोर्ट चाहिने तथा भिसाका लागि प्रक्रिया थाल्नुपर्ने विद्यार्थी तथा सर्वसाधारणलाई यसले समस्या पर्ने देखिएको छ ।