• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

कलंकी कोटेश्वरमा गाउँ जानेको भिड, व्यक्तिगत गाडी पाइएन



काठमाडौं । कलंकी र कोटेश्वरमा केही दिनयतादेखि भिडभाड बढेको छ । हिजोदेखि भने मत हाल्न गाउँ जानेको निकै भिड बढेको देखिएको छ । भोट हाल्न जानेहरुको दशैँ र तिहारभन्दा बढी भिड देखिएको छ ।

काठमाडौँ बाहिरिने दुई नाका कलंकी र कोटेश्वरमा खास भिड बढेको हो । आज बिहान कलंकीमा सयौँ गाडीको भिड लागेको थियो । भोलिको मतदानका लागि आज गाउँ जाने हजारौँ नागरिक कलंकीमा उपस्थित थिए । आज बिहानको दृश्य दशैँको सप्तीको जस्तै थियो ।

दशैँमा सप्तमीदेखि पाँच दिन विदा हुन्छ । त्यस्तै आज कर्मचारी घर गए भने पनि चार दिन नै सरकारी विदा छ । कर्मचारीहरुले आज एक दिन विदा लिए भने भोलिदेखि लगातार चार दिन विदा छ । यसैका कारण पनि कर्मचारीहरुले पनि आज एक दिन विदा लिएर चार दिनसम्म छुट्टी पाएकाले गाउँ लागेका हुन् ।

यता कलंकीमा एक्लाएक्लै अर्थात् व्यक्तिगत घर जान चाहने व्यक्तिले बसको टिकट पाएका छैनन् । सबै गाडीहरु पार्टीका उम्मेदबारले बुकिङ गरेकाले व्यक्तिगत रुपमा घर जान चाहनेले टिकट नपाएका हुन् ।

पार्टीका उम्मेदबारहरुले बस बुकिङ गरेरै काठमाडौँबाट गाउँगाउँसम्म बोलाएका छन् । कतिपय मानिसहरु हिजो अस्ती नै पुगेका थिए भने बाँकी आज जान लागेका हुन् ।