५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चको फुलकोर्ट बैठक: विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरणमा छलफल



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठक ९फुलकोर्ट० मा विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण गर्ने विषयमा छलफल भएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा आज बसेको बैठकमा सर्वोच्च अदालतमा भएका विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण गर्ने तथा न्यायिक सुधारका विषयमा चाल्नुपर्ने विधिबारे छलफल भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।

बैठकमा न्यायाधीश तिलप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण गर्ने तथा न्यायिक सुधारका लागि चाल्नुपर्ने विविध उपाय विषयका आफ्नो कार्ययोजना प्रस्तुत गर्नुभयोे । उक्त प्रस्तुतिपछि कायममुकायम प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

बैठकले न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ संयोजक रहेको मुद्दा व्यवस्थापन समितिलाई आवश्यक गृहकार्य गरी सुधारका मार्गचित्रसहितको कार्ययोजना तयार गर्ने जिम्मेवारी प्रदान गरेको निर्णय गरेको छ । रासस