५ श्रावण २०८३, मंगलवार
,
Latest
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा ८१ मतदान केन्द्रमा महिला मतदान अधिकृत



अ+ अ-

चितवन । जिल्लामा रहेका मतदान केन्द्रमध्ये ८१ केन्द्रमा महिला मतदान अधिकृत छन् । यहाँका १६१ मतदानस्थलमा रहेका ४५१ मतदान केन्द्रमध्ये बालमन्दिर अटिजम विद्यालय मतदानस्थलमा सबै कर्मचारी महिला छन् ।

यस स्थलमा चार मतदान केन्द्र छ । यहाँ हरेक मतदान केन्द्रमा रहेका कर्मचारी सबै महिला रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो । यस मतदानस्थलमा तीन हजार ३४२ मतदाता छन् । उहाँका अनुसार ४५१ केन्द्रमध्ये ८१ केन्द्रमा महिला अधिकृत खटिनुभएको हो । महिलाले पनि जिम्मेवारी पाउनुपर्छ भन्ने उद्देश्यका साथ उहाँहरुलाई जिम्मेवारी दिइएको उहाँले बताउनुभयो ।

जिल्लामा रहेका दुई मतदान केन्द्रमा ५०० भन्दा कम मतदाता छन् । इच्छाकामना गाउँपालिकाका दुई केन्द्रमा ५०० भन्दा कम मतदाता हुन् । ती मतदान केन्द्रमा चार जनाका दरले कर्मचारी खटिएको र अन्य केन्द्रहरुमा पाँच जनाका दरले कर्मचारी खटिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार मतदान अधिकृतले मतदानस्थलमा तीनजना स्वयम्सेवक कर्मचारी नियुक्ति गरी आजदेखि निर्वाचनको काम सुरु गरेका छन् ।

निर्वाचनको कामअन्तर्गत आज मतदानस्थलभन्दा तीन सय मिटर वरिपरिको क्षेत्रलाई चार किल्ला प्रमाणीत गर्ने, सर्बदलिय बैठक राख्ने, मतदाता परिचयपत्र वितरण गर्ने, निर्वाचन शिक्षा दिने लगायतका कामहरु भइरहेको उहाँले बताउनुभयो । जिल्लाभर तीन लाख ९७ हजार ६८५ मतदाता रहेका छन् । जसमध्ये दुई लाख चार हजार ६६६ महिला, एक लाख ९३ हजार १८ पुरुष र एकजना तेस्रो लिङ्गी छन् ।

कूल मतदातामध्ये भरतपुर महानगरपालिकामा एक लाख ८५ हजार ७५२, रत्ननगर नगरपालिकामा ५२ हजार ६४२, खैरहनीमा ४३ हजार ५३१, कालिकामा ३१ हजार १५७, राप्तीमा ४० हजार ६४९, माडीमा २८ हजार ३२० र इच्छाकामना गाउँपालिकामा १५ हजार ६३४ मतदाता छन् ।