६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

६ दिन सम्मका लागि विद्यालय बन्द



अ+ अ-

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आजदेखि ६ दिनसम्मका लागि विद्यालयहरु बन्द हुने भएका छन् ।

वैशाख २८ गतेदेखि ३० गतेसम्म तीन दिन निर्वाचनका लागि , ३१ गते शनिबार र सरकारले जेठ १ गतेदेखि आइतबारको दिन पनि सार्वजनिक विदा दिने निर्णय गरेकाले आइतबार पनि विदा हुनेछ त्यसैगरी जेठ २ गते बुद्ध जयन्ती परेकाले सो दिन पनि सार्वजनिक बिदा हुने भएको छ । त्यसकारण आजबाट ६ दिनसम्म विद्यालयहरु बन्द हुने भएका छन् । सरकारले भने मतदानको दिन ३० गते मात्रै विदा दिने निर्णय गरेको थियो ।

मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बिदा दिन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको थियो ।

सामुदायिक विद्यालयहरुमा मतदान केन्द्र राखिएको, कतिपय शिक्षकहरु निर्वाचनमा खटिएको र कतिपय मतदान गर्न जिल्ला जानुपर्ने भएकोले आजबाट विद्यालयहरु बन्द गरिएको हो ।

सरकारी कार्यालयहरुमा भने निर्वाचनको दिनमा मात्र विदा दिइएको छ ।