२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुनाटपरी बेचेर मनग्य आम्दानी



अ+ अ-

कञ्चनपुर । दुनाटपरी बचेर कृष्णपुर नगरपालिका– ६ बन्जरियाका श्यानीदेवी चौधरीले घरखर्च चलाउँदै आउनुभएको छ । घरको कामबाट फुर्सद पाइएका बेला उहाँले दुनाटपरी बनाउनुहुन्छ ।

उहाँका अनुसार बनाइएका ती दुनाटपरी नजिकैको गुलरी बजार र कैलालीको धनगढी बजारमा बिक्री हुने गर्दछ । उहाँले भन्नुभयो,“ बाँसको सिन्का सालको पातमा गाँसेर दुनाटपरी बनाउँदै आएकोे छु ।यसबाट महिनामा रु १० हजारदेखि रु १५ हजार जति आम्दानी हुने गरेको छ ।”

महाकाली सामुदायिक वनले दुनाटपरी बनाउनका लागि पात ल्याउनका लागि सहज गरिदिएको जनाइएको छ । उहाँले भन्नुभयो, “पात ल्याएर फुर्सदका बेला दुनाटपरी लगाउछु । लगाएको दुनाटपरी बिक्री गरेर आउने पैसाले समूह बचत गर्ने कार्यसँगै घरको नून, तेल, साबुन, कपडा धुने सोडा खरिद गरेर ल्याउ छु ।” विद्यालयमा पढने बालबालिकाको खर्चसमेत दुनाटपरी बिक्री गरी आएको पैसाले धान्ने गरिएको छ ।

घरको अत्यावश्यक कार्यका लागिसमेत दुनाटपरी बेचेर आएको पैसाखर्च हुने गरेको उहाँले बताउनुभयो । धेरैजसो धार्मिक कार्यका लागि दुनाटपरीको प्रयोग हुन्छ । मन्दिर, बौद्ध गुम्बालगायतमा दुना टपरीको बढी माग आउने गर्दछ । “पहिला एक दुनाटपरी तीन रुपैयाँमा बिक्री हुन्थ्यो । हाल मूल्य बढेर पाँच रुपैयाँमा बिक्री हुन्छ । जति बनाउन सक्यो त्यतिनै फायदा छ” किसान चौधरीले भन्नुभयो ।

दुनाटपरी विशेष गरी सालको पात र मालुको पातको बन्ने गरेको छ । सालको पातको दुनाटपरी बढी दिनसम्म चल्ने भएकाले त्यसकै माग बजारमा बढी हुने गरेको छ ।

दुनाटपरीसमेत विभिन्न प्रकारको हुने गरेको छ । जसमा बमुन्या पत्री, बोसो डोन्या, चिरी डोन्या, डोष्टी डोन्या बढी प्रचलित रहेका छन । देख्नमा आकर्षक र ठूला आकारका दुनाटपरी ग्राहकले बढी रुचाउने गरेका छन् ।

“बजार दुनाटपरीको माग धेरै छ” श्यानीदेवीले भन्नुभयो, “पुर्याउनै सकिदैन । जति बनाए पनि बजारमा बिक्री हुन्छ । यसलाई व्यवसायीकरण गरी बजारमा ल्याउन सके बढी आम्दानी लिन सकिन्छ ।” उहाँले बुहारीलाई समेत दुनाटपरी बनाउने सीप सिकाउने कार्य गरिरहनु भएको छ ।

यससँगै सामुदायिक वनले उपभोक्ताको आय–आर्जनमा टेवा पुर्याउनकालागि सञ्चालन गरेको दुनाटपरी बनाउने तालिममा प्रशिक्षक भएर बीस महिलालाई सीप सिकाउने कार्यलाई निरन्तरता दिँदै आउनुभएको छ । श्यानी जस्तै बिर्सना चौधरीलेसमेत दुनाटपरी बनाइ बजारमा बिक्री गर्ने कार्यमा संलग्न हुनुभएको छ ।

“पहिला ग्राहक खोज्न निकै अप्ठेरो थियो” उहाँले भन्नुभयो, “हाल ग्राहक दुनाटपरी खोज्दै घरमै आइपुग्ने गरेका छन् । घरमै आफूलाई पनि दुनाटपरी चाहिन्छ । माग आए अनुसार बजारमा समेत बेच्छौ ।”थारु समुदायमा दुनाटपरी बनाउने कला पुस्तौंदेखि पुस्तान्तरण हुँदै आएको छ । धार्मिक कार्य र अनुष्ठानमा सालको पातका दुनाटपरी सामग्री राख्नका लागि परापूर्वकाल देखिनै प्रयोग हुँदै आएका छन् ।

हाल यसको प्रचलन पहिला जस्तै रहेको छ । धार्मिक कार्यसँगै थारु समुदायले दुनाटपरीमा खानाका परिकार पस्केर खाने कार्यसमेत हुँदै आएको छ । पहाडी समुदायलेसमेत धार्मिक कार्यमा दुनाटपरीको प्रयोग गर्दै आएका छन् । महकाली सामुदायिक वनका अध्यक्ष वीरबहादुर राजवंशी दुनाटपरीको माग बजारमा बढ्दै गएकाले मेसिनको व्यवस्था गरी व्यावसायिक रुपमा दुनाटपरी उत्पादन गरी बजारमा बिक्री गर्ने योजना रहेको जानकारी दिनुभयो ।

यस व्यवसायमा आर्थिक रुपमा विपन्न रहेका उपभोक्ताको सहभागिता गराई आर्थिक रुपमा सवल पार्ने योजना रहेको उहाँको भनाइ छ । हिन्दू धर्ममा दुनाटपरीको प्रयोग व्यक्तिको जन्मदेखि मृत्यु संस्कार सम्ममा प्रयोग हुने गरेको छ । रासस




भर्खरै