१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री खड्काद्वारा भारतीय समकक्षीसँग भेटवार्ता



अ+ अ-

काठमाडौं । अमेरिकाको न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच आइतवार भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा पुगेका परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षी जयशंकरबीच आइतवार भेटवार्ता भएको हो ।

‘मेरो नयाँ नेपाली समकक्षी डा. नारायण खड्कालाई स्वागत गर्न पाउँदा खुसी लाग्यो । हामी सहमत छौं कि हाम्रो विशेष सम्बन्ध लाई अगाडि बढाउन सँगै मिलेर काम गर्नु पर्छ’ डा. खड्कासँगको भेटपछि जयशंकरले सामाजिक सञ्जाल ट्वीटरमा फोटो राख्दै सन्देश लेखेका छन् ।

जयशंकरले मन्त्री खड्कालाई शपथ लिएको दिन पनि बधाई दिएका थिए । परराष्ट्रमन्त्री खड्काले भोलि राष्ट संघको महासभालाई सम्वोधन गर्ने तयारी छ ।