१६ असार २०८३, मंगलवार
,
Latest
झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री खड्काद्वारा भारतीय समकक्षीसँग भेटवार्ता



अ+ अ-

काठमाडौं । अमेरिकाको न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच आइतवार भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा पुगेका परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षी जयशंकरबीच आइतवार भेटवार्ता भएको हो ।

‘मेरो नयाँ नेपाली समकक्षी डा. नारायण खड्कालाई स्वागत गर्न पाउँदा खुसी लाग्यो । हामी सहमत छौं कि हाम्रो विशेष सम्बन्ध लाई अगाडि बढाउन सँगै मिलेर काम गर्नु पर्छ’ डा. खड्कासँगको भेटपछि जयशंकरले सामाजिक सञ्जाल ट्वीटरमा फोटो राख्दै सन्देश लेखेका छन् ।

जयशंकरले मन्त्री खड्कालाई शपथ लिएको दिन पनि बधाई दिएका थिए । परराष्ट्रमन्त्री खड्काले भोलि राष्ट संघको महासभालाई सम्वोधन गर्ने तयारी छ ।