७ पुष २०८२, सोमबार
,
Latest
सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै, नयाँ टेण्डर प्रक्रिया तत्काल अघि बढाउन… धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस देउवा निवास महाराजगञ्जमा ओली ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० रोपनीमा लगाइएको अफिम नष्ट



अ+ अ-

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ र ५ मा १० रोपनी क्षेत्रफलमा लगाइएको लागुऔषध अफिमका बोट नष्ट गरिएको छ ।

मालिका गाउँपालिका–४ सिस्नेरी खवाङ र वडा नं ५ को गाईखर्कमा प्रहरीले लागुऔषध अफिमका बोट नष्ट गरेको छ । दुई ठाउँमा पाँच–पाँच रोपनी क्षेत्रफल जमिनमा लगाइएको अफिमका बिरुवा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सागर पन्तको नेतृत्वमा खटिएका म्यादी प्रहरीसहितको टोलीले अफिम नष्ट गरेको हो । स्थानीय तह चुनावको सुरक्षा गस्तीमा गएका प्रहरी टोलीले अफिमखेती भएको भेटेपछि नष्ट गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो ।