१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

मताधिकारको उपयोग गर्न आह्वान



अ+ अ-

काठमाडौँ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले संविधानप्रदत्त मतदानको अधिकारको सदुपयोग गरी मुलुकमा शान्ति, समृद्धि र लोकतन्त्रको स्थायित्वका लागि आ–आफ्नो ठाउँबाट ऐतिहासिक भूमिका निर्वाह गर्न आह्वान गरेको छ ।

संविधानसभाबाट जारी नेपालको संविधान २०७२ अनुसार हुन लागेको दोस्रो स्थानीय तहको निर्वाचनमा सहभागी भई वडा एवं टोल तहसम्म लोकतान्त्रिक अभ्यासमा जुट्न पनि फाउन्डेसनले आम जनसमुदायमा अनुरोध गरेको हो । दोस्रो संविधानसभा निर्वाचनपछि सुशील कोइरालाको नेतृत्वमा बनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई सबैले स्वीकार गरी पूर्णरुपमा कार्यान्वयनमा अघि बढिसकेको फाउन्डेसनले उल्लेख गरेको छ ।

फाउन्डेसनका सदस्य सचिव अतुल कोइरालाले आज जारी गर्नुभएको विज्ञप्तिमा निर्भिक भएर आफ्नो मतदानको अधिकारको उपयोग गर्न अनुरोध गर्नुभएको छ । जनताको घर आँगनमा विकासको लहर एवं सार्वजनिक सेवा प्रवाह गर्ने स्थानीय सरकारको नेतृत्व छान्ने अवसरलाई नगुमाई सभ्य एवं सुसंस्कृत अभ्यासका आधारमा प्रतिस्पर्धा गर्न पनि फाउन्डेसनले सबैको ध्यानाकर्षण गराएको छ ।