२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाको आश्वासन : कांग्रेसलाई जिताउनुस्, सुदूरपश्चिमको राजधानी डडेलधुरामा सार्नेछु



file photo
अ+ अ-

डडेलधुरा । चुनावी अभियानका क्रममा गृहजिल्ला डडेलधुरामा रहनुभएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसका उम्मेदवारलाई जिताए सुदूरपश्चिम प्रदेशको राजधानी डडेलधुरामा सार्ने आश्वासन दिनुभएको छ ।

मंगलबार अमरगढी नगरपालिकामा आयोजना गरिएको सभामा उहाँले निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताए सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट डडेलधुरा सार्ने आश्वासन दिनुभएको हो ।

मुलुकको विकास गर्ने एक मात्र पार्टी नेपाली कांग्रेस हो भन्दै उहाँले कांग्रेसलाई जिताए बिजुली, पानी र पश्चिम सेती जलविद्युत् आयोजनासमेत ल्याउने बताउनुभयो । पूर्वाधार विकास गरेर प्रदेश राजधानी डडेलधुरा बनाउने उहाँको भनाइ थियो ।

मतदान गरेर मात्र काठमाडौँ फर्कने कार्यक्रम बनाउनुभएका देउवा गृह जिल्ला डडेलधुरामा कांग्रेसकै कर्ण मल्ल समूहले नेकपा (एमाले) सँग मिलेर निर्वाचनमा उम्मेदवारी दिएपछि दबाबमा पर्नुभएको छ ।