३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री  खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतका उद्यमी–व्यवसायीलाई नेपालमा लगानी गर्न राजदूत शर्माको आग्रह



अ+ अ-

काठमडौँ । भारतका लागि नेपालको राजदूतमा नियुक्त हुनुभएका डा शङ्कर शर्माले नेपालमा उपलब्ध लगानीका अवसरको उपयोग गरी अधिकतम लाभ लिन भारतका उद्यमी–व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

नयाँदिल्लीस्थित नेपाली राजदूतावास र भारतमा रहेका नेपाली व्यवसायीहरूको संस्था एभरेष्ट चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिजद्वारा संयुक्तरूपमा सोमबार नयाँदिल्लीमा आयोजित अन्तक्र्रियामा राजदूत डा शर्माले नेपालमा लगानी प्रशस्त क्षेत्र रहेकाले तुलनात्मक लाभका क्षेत्रमा पूँजी परिचालन गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा लगानीका अनेक सम्भावना छन् लगानी गरेर मुनाफा कमाउन म भारतका उद्योगी–व्यवसायीहरूलाई आग्रह गर्दछु ।”

नेपाल–भारत सम्बन्धको ऐतिहासिक पृष्ठभूमि, भौगोलिक सहजता, भाषा एवं सांस्कृतिक एकरुपताका साथै अन्य धेरै हिसाबले भारतीय लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न सहज हुने बताउनुभयो ।

नेपाल र भारतबीचको भौगोलिक निकटता र कैयन् क्षेत्रका एकरुपताका कारण भारतीय उद्योगी व्यवसायीहरूलाई अन्यत्रको तुलनामा नेपालमा लगानी गर्न सहज हुने भएकाले लगानीका लागि आग्रह गर्नुभयो ।

बैंकिङ तथा रेमिटेन्स सेवा एवं निर्यात व्यापार तथा लगानीका अवसर विषयमा आयोजित सो अन्तक्र्रियामा डा शर्माले आफूले भारतमा गरेको कमाइको सुरक्षा एवं पारदर्शिताका लागि बैैंकबाटै नेपाल पठाउन सबैलाई आग्रह गर्नुभयो ।

एभरेष्ट चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिजका अध्यक्ष युवराज बरालले भारतमा रहेका सबै नेपालीले आफ्नो सम्पर्कमा रहेका सबै भारतका व्यवसायीलाई नेपालमा लगानीका लागि उत्प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेपालमा लगानीका साथै भारतबाट हुने आयात–निर्यातमा नेपाली तथा भारतीय समुदायलाई आवश्यक नीति–नियम तथा लगानीको वातावरणका लागि समन्वय गर्न आग्रह गर्नुभयो ।

त्यस अवसरमा नेपाल राष्ट्र बैंकको वैदेशिक विनिमय विभागका निर्देशक वासुदेव भट्टराई, एभरेष्ट चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिजका महासचिव मोहन कार्कीले नेपालमा वैदेशिक लगानी तथा रेमिटेन्स आदिका विद्यमान नीतिहरूका बारेमा जानकारी गराउनुभएको थियो ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले भारतमा आफूले गरेको कमाइ बैंकिङ च्यानलबाट पठाउन आग्रह गर्दै ग्लोबल आइएमई बैंकले विश्वका अन्य मुलुकजस्तै भारतबाट रेमिट्यान्स पठाउन पनि सहज बनाएको बताउनुभयो ।

प्रवासी नेपालीले नेपालमा रकम पठाउन तथा दुई देशबीचका आयात– निर्यातका जटिलता समाधानमा सहजीकरण गर्न राजदूतको ध्यानाकर्षण गराएका थिए । दूतावासका कन्सुलर बद्री तिवारीको समन्वयमा भएको उक्त कार्यक्रममा भारतस्थित विभिन्न नेपाली व्यवसायी, नयाँदिल्लीमा रहेका नेपाली व्यापारिक प्रतिष्ठान एवं बैंकका प्रतिनिधिलगायत उपस्थित थिए ।