१ पुष २०८२, मंगलवार
,
Latest
नेपालीको हिम्मत र साहस विश्वमै अनुपम छः सञ्चारमन्त्री खरेल पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव बालुवाटारमा बिरोध गर्न जाँदा मिराज समुहका दुई जना पक्राउ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले काठमाडौंमा चुनावी सभा गर्दै, ओलीले सम्बोधन गर्ने



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)ले आज काठमाडौँमा चुनावी सभा गर्दैछ ।

एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा स्थानीय तह निर्वाचन केन्द्रित अन्तिम सभा गर्न लागेको हो ।

स्थानीय तह निर्वाचनका लागि एमालेको यो अन्तिम चुनावी सभा समेत रहेको छ ।

आजको सभामा काठमाडौँ महानगरपालिका सहित काठमाडौँ जिल्लाका ११ वटै पालिकाका एमाले तर्फका उम्मेदवार आ–आफ्नो पालिकाको जुलुस र झाँकीसहित दिउँसो २ बजे भृकुटी मण्डपमा भेला हुनेछन् ।

दिउँसो २ बजे अध्यक्ष ओलीले सभालाई सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

आज मध्यरातिदेखि मौन अवधि शुरू हुँदैछ । मौन अवधि शुरू हुनुपूर्व एमालेले काठमाडौंमा चुनावी सभा गर्न लागेको हो ।