५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले काठमाडौंमा चुनावी सभा गर्दै, ओलीले सम्बोधन गर्ने



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)ले आज काठमाडौँमा चुनावी सभा गर्दैछ ।

एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा स्थानीय तह निर्वाचन केन्द्रित अन्तिम सभा गर्न लागेको हो ।

स्थानीय तह निर्वाचनका लागि एमालेको यो अन्तिम चुनावी सभा समेत रहेको छ ।

आजको सभामा काठमाडौँ महानगरपालिका सहित काठमाडौँ जिल्लाका ११ वटै पालिकाका एमाले तर्फका उम्मेदवार आ–आफ्नो पालिकाको जुलुस र झाँकीसहित दिउँसो २ बजे भृकुटी मण्डपमा भेला हुनेछन् ।

दिउँसो २ बजे अध्यक्ष ओलीले सभालाई सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

आज मध्यरातिदेखि मौन अवधि शुरू हुँदैछ । मौन अवधि शुरू हुनुपूर्व एमालेले काठमाडौंमा चुनावी सभा गर्न लागेको हो ।