५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इमान हराएकाहरुलाई भोट नदिनुस्ः राप्रपा अध्यक्ष लिङ्देन



file
अ+ अ-

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले इमान हराएका, नैतिक हराएका मान्छेलाई मेरो पार्टी हो भनेर भोट नहाल्न मतदातालाई आग्रह गर्नुभएको छ । राप्रपा भक्तपुरले चाँगुनारायणमा आज आयोजना गरेको चुनावी सभामा उहाँले देशको विकास गर्नसक्ने, आफ्नो गाउँको विकास गर्नसक्ने नेता र दललाई रोजेर भोट हाल्न मतदातालाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “अस्ति देखापढी गरेर हामीलाई एकचोटि भोट दिनुस्, अर्कोचोटि तपाईंलाई दिन्छौँ भनेर भोट लिएर सांसद, मन्त्री हुने र जनतालाई धोका दिएर केही नगर्ने इमान नभएका व्यक्ति हुन्, त्यस्तालाई भोट नदिनुस्, जनताको साथमा हुने नेतालाई मात्रै भोट दिनुहोस् ।” उहाँले चाँगुनारायणको विकासमा स्थानीय सरकारको ध्यान नपुगेको टिप्पणी गर्दै काठमाडौँ उपत्यकाभित्र भएर राजधानीसँग जोडिएर भक्तपुर जिल्लाको विकासको हालत देख्दा विरक्त लागेर आएको बताउनुभयो ।

जनताले यहाँ बाटो चाहियो, यस्तो चाहियो, उस्तो चाहियो भनेर गुनासो गर्ने ठाउँ राप्रपाले नदिने भन्दै उहाँले राप्रपाले कसरी विकास गर्छ भनेर नमूना हेर्न नेपालगञ्ज उपमहानगरपालिका नै काफी भएको जिकिर गर्नुभयो । राप्रपा एक मात्रै वैकल्पिक शक्ति भएकाले अब एक पटक राप्रपालाई हेर्न आग्रह गर्दै राप्रपा अध्यक्ष लिङ्देनले भन्नुभयो, “भोट त एक पटक राप्रपालाई नै दिन मन थियो, तर आफू अर्कै पार्टीको परियो भनेर धक नमान्नुस्, आफ्नै पार्टीको झण्डा समाउनुस् तर भोट एक पटक हामीलाई दिनुस् ।”

कार्यक्रममा राप्रपाबाट चाँगुनारायण नगरपालिकाका प्रमुखका उम्मेदवार रवीन्द्रप्रताप शाहले आफू विजयी भएमा शिक्षा, स्वास्थ्य सेवा निःशुल्क, युवायुवतीका लागि रोजगार, किसानलाई पेन्सनको व्यवस्था गर्ने, बाटो, खानेपानी र जनताको आधारभूत आवश्यकता पूरा गर्ने र भेदभावरहित समाजको निर्माण गर्ने बताउनुभयो । राप्रपाले भक्तपुरमा चार वटै नगरपालिकामा आफ्नो उम्मेदवारी दिएको छ ।