काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।
ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बसेको हो । बैठकमा विधान महाधिवेशनका लागि प्रस्तुत प्रतिवेदन र प्रस्तावमाथि आएका सुझावबारे छलफल हुनेछ ।
यसअघि तीन दिनसम्म चलेको एमालेको केन्द्रीय कमिटी बैठक आइतबार सकिएको थियो ।
उक्त बैठकबाट अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले गरेका तीनवटै प्रस्ताव पारित भएको छ ।