११ भाद्र २०८३, बिहीबार
,
Latest
छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै प्रधानमन्त्री शाह बाढी प्रभावित विदुरमा परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यादी हाइड्रोपावरको आईपीओ असोज १५ गतेदेखि



अ+ अ-

काठमाडौं । न्यादी हाइड्रोपावरको साधारण शेयर (आईपीओ) असोज १५ गतेदेखि निष्काशन खुला हुने भएको छ । उक्त कम्पनीले २२ करोड ५० लाख रुपियाँ बराबरको आईपीओ निष्कासन खुला गर्न लागेको हो । 

२२ लाख ५० हजार कित्ता कुल निष्काशन मध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि आवेदन दिन सक्ने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।  

उक्त कम्पनीको आईपीओमा असोज १९ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्ता तथा अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन पाइने बिक्री प्रबन्धकले उल्लेख गरेको छ ।

२० लाख ९२ हजार ५०० कित्ता शेयर गोलाप्रथाबाट २ लाख ९ हजार २ सय ५० जनाले १० कित्ताका दरले पाउने छन् । हिजोआज आईपीओ २४ लाखले आवेदन दिने गरेका छन् । तसर्थः लगानीकर्ताले १० कित्ताको लागि मात्र आवेदन दिनु उपयुक्त देखिन्छ ।  

यसअघि नै कम्पनीले आयोजना प्रभावित लमजुङका स्थानीयबासीलाई १५ लाख कित्ता आईपीओ बिक्री गरिसकेको छ । साथै संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीहरुका लागि ३ लाख कित्ता शेयर जारी गरेको थियो । लगानीकर्ताले भदौ १ गतेदेखि छिटोमा १५ गते र ढिलोमा भदौ ३० गतेसम्म निष्काशन खुला गरिएको थियो । न्यादीले लमजुङ जिल्लामा ३० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।