११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद् प्रभावित क्षेत्रमा पशुपन्छी उद्धारका लागि प्राविधिक टोली परिचालन भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो रसुवा बाढीपीडितको उद्धार र सहयोगका लागि साउदीसँग मन्त्री यादवको अपिल संयुक्त अरब इमिरेट्सद्वारा बाढीपहिरोप्रति व्यक्त पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग बाढी प्रभावित नुवाकोटको विदुर पुगे प्रधानमन्त्री शाह, क्षतिको स्थलगत निरीक्षण बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढी : जलविद्युत आयोजनाका २०० भन्दा बढी सम्पर्कविहीन, उद्धारको पर्खाइमा बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेलाई जिताए स्थानीय तह पनि भंग हुनसक्छ– प्रधानमन्त्री देउवा



अ+ अ-

धनगढी । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन नेकपा (एमाले) ले जिते स्थानीय तहसमेत भंग हुनसक्ने बताएका छन् ।

धनगढीमा सोमबार आयोजना गरिएको पाँच दलीय गठबन्धनको आमसभालाई सम्बोधन गर्दै उनले एमाले विजयी भएको अवस्थामा प्रतिनिधिसभा मात्र नभई प्रदेशसभा र स्थानीय तहसमेत भंग गर्नसक्ने बताए ।

केपी शर्मा ओलीको पार्टी (एमाले) लाई जिताउनु भनेको संसद् भंग गर्न दिनु हो भन्दै उनले सबैलाई थर्काएर राख्ने त्यस्तो मानिस ल्याउन नहुनेमा जोड दिए । “एमालेले जितेको अवस्थामा ओलीले संसद्, प्रदेश र स्थानीय तहसमेत भंग गर्न सक्छन् त्यसैले कांग्रेस र तालमेल भएका स्थानमा गठबन्धनलाई जिताउनुहोस् ।”

ओलीले दुई÷दुईपटक संसद् भंग गरेको तर अदालतले संसद् पुनःस्थापना गरेर आफूहरुले सरकार बनाएको प्रसंग निकाल्दै प्रधानमन्त्री देउवाले एमालेले अहिले पनि संसद् चल्न नदिएको बताए ।

अहिलेको आवश्यकता भनेको गठबन्धनलाई बलियो बनाउनु हो भन्दै देउवाले वर्तमान सरकार बलियो बनाउन पनि गठबन्धनलाई बलियो बनाउनुपर्ने जिकिर गरे ।

पहिला पनि बागी उम्मेदवारका कारण कांग्रेसले पराजित हुनुपरेको उल्लेख गर्दै उनले बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिए ।