२४ भाद्र २०८३, बुधबार
,
Latest
आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला ‘सुशासन र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता स्थापित गर्न काँग्रेस आउनुपर्छ भन्ने जनमत बढ्दैछ’- प्रकाशमान सिंह ‘जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्यो, नेपाललाई जोगाउन विश्वव्यापी अभियान आवश्यक’- देउवा आधा जितिसक्यौँ, रुख चुनाव चिह्न र चारतारे झण्डा हामीले पाउँछौँः देउवा सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली फिल्मको प्रदर्शन मितिमा विदेशी फिल्मलाई बन्देज



अ+ अ-

काठमाडौं । कोभिड–१९ को कारण लामो समयदेखि बन्द रहेका सिनेमा हललाई गत महिनाबाट काठमाडौंसहितका जिल्ला प्रशासन कार्यालयले सञ्चालन गर्न अनुमति दिए पनि प्रदर्शनका लागि नयाँ फिल्म नहुँदा हलहरु भने बन्द रहन बाध्य छन् । 

नेपाल चलचित्र संघ लामो समयदेखि फिल्म रिलिजका लागि विभिन्न पक्षसँग छलफलमा सक्रिय रहँदै आएको छ । चलचित्र संघले असोज २१ गतेबाट हल खोल्ने निर्णय गरेको छ । 
 
आइतबार नेपाल चलचित्र संघका महासचिव अशोक शर्माको संयोजकत्वमा बसेको बैठकले १८ महिनादेखि फिल्म प्रदर्शन कार्य पूर्ण रुपमा बन्द भएकाले अब २ हप्ताको अन्तरालमा फिल्म रिलिज गर्ने निर्णय गरेको हो ।

नेपाली फिल्मले तोकेको मितिमा विदेशी फिल्म प्रदर्शन नगरिने संघले जनाएको छ । 
 
आउँदो दशैंलाई लक्षित गरेर अहिलेसम्म दुई फिल्मले मात्र प्रदर्शन मिति घोषणा गरेका छन् । यही असोज २५ गते सविन श्रेष्ठको ‘धन्दागिरी’ र असोज २६ गते फूलपातीमा फिल्म ‘डाँडाको वरपीपल’ रिलिज हुँदैछ ।