२४ भाद्र २०८३, बुधबार
,
Latest
गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसले सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगायो, को–को बन्दैछन् मन्त्री ?



अ+ अ-

काठमाडौं । अन्ततः नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका हुन् । 

मन्त्रीका लागि एकीकृत समाजवादीले ६ जनाको नाम बुझाएको छ । नेता नेपालले विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठको नाम सिफारिस गरेका छन् । 

नेकपा एसको भागमा ६ मन्त्रालय परेको छ । यी ५ जनासहित बाँकी एकजनामा भवानी खापुङ र किसान श्रेष्ठमध्ये एकलाई पठाउने तयारी रहेको बताइएको छ ।

सरकार गठन भएको दुई महीना नाघिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा देउवा सरकारले आलोचना खेप्दै आएको छ ।