५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले निर्वाचनमा खटिएका सुरक्षाकर्मीको मृत्यु भए आश्रित परिवारलाई २० लाख दिने



अ+ अ-

काठमाडौँ । निर्वाचनको सुरक्षामा खटिएका बेला सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई सरकारले रु २० लाख आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले त्यस्तो निर्णय गरेको हो । गृहमन्त्री बालकृष्ण खाणको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले निर्वाचनको समयमा सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई रु २० लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयमा भनिएको छ, “निर्वाचन सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग) तथा म्यादी प्रहरीको मृत्यु भएमा निजको आश्रित परिवारलाई बीस लाख आर्थिक सहायता उपलब्ध गराउने ।”

बैठकले निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग) तथा म्यादी प्रहरीको उपचारमा लागेको खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

साथै हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई प्रहरी जवानसरह जिल्ल दररेटअनुसार रासनभत्ता उपलब्ध गराउने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको छ ।