२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा : बिजुक्छे

नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा : बिजुक्छे
अ अ+ अ-

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अस्थिरताका कारण नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा पैदा भएको बताउनुभएको छ । विश्व पर्यटन दिवसका अवसरमा भक्तपुर नगरपालिकाकाले आज आयोजना गरेको सांस्कृतिक गुरु सम्मान कार्यक्रममा उहाँले युवा पुस्तामा राजनीतिक वितृष्णा पैदा हुनु चिन्ता विषय भएको बताउनुभयो । 

बिजुक्छेले राजनीतिशास्त्र, इतिहास, भूगोल र संस्कृतिजस्ता विषयको महत्वबारे विद्यार्थीलाई जानकार गराउनुपर्नेमा जोड दिँदै उहाँले सरकारले यस्ता महत्वपूर्ण विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिएर अध्ययन अध्यापनमा लगाउनुपर्नेमा आँैल्याउनुभयो । 

कार्यक्रममा बिजुक्छेले सांस्कृतिक गुरुहरू गोविन्द भुजू, विकुबहादुर दुवाल, विष्णुभक्त सुवाल, लक्ष्मीभक्त कुस्मा, लक्ष्मीप्रसाद मानन्धर, गणेशबहादुर त्वायना, मङ्गलाल ग्वाछा, लक्ष्मीभक्त घेमोसु, रामलाल माक, रत्नभक्त ध्वजू, विष्णु सुवाल, विष्णुभक्त सिजख्व, दिलबहादुर त्यात, इन्द्रबहादुर लाखा, बुद्धिसागर प्रजापति, रामभक्त गणेजु श्रेष्ठ, विष्णुभक्त कुसी, मानबहादुर चोलेखो, हरिभक्त मगजु र शिवभक्त वनमालासहित संस्कृतिक गुरुलाई रु १५ सम्मान गर्नुभयो । 
    
कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले कला र संस्कृति संरक्षणका विभिन्न विधाका स्थानीय सांस्कृतिक गुरुहरूको सम्मानलाई निरन्तरता दिँदै आएको बताउनुभयो । भूकम्पबाट क्षतिग्रस्त सांस्कृतिक एवम् ऐतिहासिक सम्पदा पुनःनिर्माणका कार्य करिब अन्तिम चरणमा पुगिसकेको बताउँदै भक्तपुर नगरपालिकाप्रति जनताको साथ र सहयोग रहेका कारण स्वाभिमानीपूर्वक अगाडि बढ्न मद्दत पुगेको बताउनुभयो ।
    
भक्तपुर नपाले गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक ऋणको व्यवस्था गर्नाका साथै इतिहास, भूगोल, राजनीतिशास्त्रलगायत विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गर्दै आइरहेको बताउनुभयो । उहाँले विभिन्न कालखण्डमा नेपालबाट हराएका वा चोरी भएका मूर्ति फिर्ता गर्न आवश्यक पहल गरिरहेको बताउनुभयो । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँ, नपाका उपप्रमुख रजनी जोशी, संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ, नपा–९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले स्थानीय सरकारले गरेको योगदानबारे चर्चा गर्नुभयो ।