५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैशाख ३० गते पानी पर्ने सम्भावना छ– मौसमविद् उप्रेती



अ+ अ-

काठमाडौँ । मौसमविद् धरमराज उप्रेतीले स्थानीय तहको निर्वाचनको मतदान हुने दिन अर्थात् वैशाख ३० गते पानी पर्ने सम्भावना रहेको बताउनुभएको छ ।

बङ्गालको खाडीमा वैशाख २३ गतेदेखि उत्पन्न न्यून चापीय अवस्था आज समुन्द्री आँधीका रुपमा विकसित हुँदैछ भन्दै उहाँले ‘आसानी’ नाम दिइएको सो आँधी निकै तीव्र गतिमा चलेको र यसको असर भारतको उडिसा लगायत तटीय क्षेत्रमा बढी देखिने पूर्वानुमान गरिएको उल्लेख गर्नुभएको छ ।

सामाजिक सञ्जालमा मौसमविद् उप्रेतीले नेपालमा सो आँधीको असर वैशाख २८ गतेदेखि देखिन सक्ने सम्भावना रहेको उल्लेख गर्दै नेपालमा कस्तो असर हुन्छ भने कुरा भोलि (वैशाख २६ गते) सम्म थप स्पष्ट हुने बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, “वैशाख ३० गते मतदानको दिनदेखि पानी पर्ने पूर्वानुमान त थियो नै तर यो नयाँ प्रणालीले पूर्वी नेपालमा पानी पार्ने सम्भावनालाई बढाउन सहयोग गर्ने जस्तो छ । चुनावको पूर्वतयारीमा पनि यो सन्देशले मद्दत मिल्ने छ ।




भर्खरै