२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैशाख ३० गते पानी पर्ने सम्भावना छ– मौसमविद् उप्रेती



अ+ अ-

काठमाडौँ । मौसमविद् धरमराज उप्रेतीले स्थानीय तहको निर्वाचनको मतदान हुने दिन अर्थात् वैशाख ३० गते पानी पर्ने सम्भावना रहेको बताउनुभएको छ ।

बङ्गालको खाडीमा वैशाख २३ गतेदेखि उत्पन्न न्यून चापीय अवस्था आज समुन्द्री आँधीका रुपमा विकसित हुँदैछ भन्दै उहाँले ‘आसानी’ नाम दिइएको सो आँधी निकै तीव्र गतिमा चलेको र यसको असर भारतको उडिसा लगायत तटीय क्षेत्रमा बढी देखिने पूर्वानुमान गरिएको उल्लेख गर्नुभएको छ ।

सामाजिक सञ्जालमा मौसमविद् उप्रेतीले नेपालमा सो आँधीको असर वैशाख २८ गतेदेखि देखिन सक्ने सम्भावना रहेको उल्लेख गर्दै नेपालमा कस्तो असर हुन्छ भने कुरा भोलि (वैशाख २६ गते) सम्म थप स्पष्ट हुने बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, “वैशाख ३० गते मतदानको दिनदेखि पानी पर्ने पूर्वानुमान त थियो नै तर यो नयाँ प्रणालीले पूर्वी नेपालमा पानी पार्ने सम्भावनालाई बढाउन सहयोग गर्ने जस्तो छ । चुनावको पूर्वतयारीमा पनि यो सन्देशले मद्दत मिल्ने छ ।