२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

जगदम्बा अटो ग्रुपलाई जरिवाना

जगदम्बा अटो ग्रुपलाई जरिवाना
अ अ+ अ-

विराटनगर । कम राजस्व तिरेको पुष्टि भएपछि जगदम्बा अटो गु्रप प्राइभेट लिमिटेडलाई वीरगञ्ज भन्सार कार्यालयले कारबाहीस्वरूप जरिवाना गरेको छ । काठमाडौँ सुविधानगरस्थित जगदम्बा अटो गु्रप प्राइभेट लिमिटेडले भारतबाट तीन चक्के टेम्पोका सामान आयातमा कम राजस्व तिरेको पुष्टि भएपछि थप रु १३ लाख ८० हजार जरिवाना गरिएको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले राससलाई जानकारी दिनुभयो । भारतको चेन्नईस्थित टिभिएस कम्पनीबाट जगदम्बाले आयात गर्ने गरेको तीन चक्के टेम्पोको पार्ट्स भनेर एकीकृत जाँच चौकी वीरगञ्जबाट भन्सार जाँच पास गराई चेसिस र इञ्जिनसहितको टेम्पोका विविध सामग्री एक साताअघि आयात गर्न लागेको थियो । 

छड्के जाँचका क्रममा अनुसन्धानको दायरामा आएको उक्त सामग्रीबारे थप अनुसन्धान गरी कम्पनीले माग गरेबमोजिमको छुट रकम पाइने नदेखिएकाले उक्त सामग्री पूर्णरूपमा खोलखाल नभएको देखिएकाले कारबाहीस्वरूप छुट रकम लिएर जरिवाना गरिएको प्रमुख भन्सार प्रशासक विश्वप्रसाद अर्यालले जानकारी दिनुभयो । 

भारतबाट सवारी साधनको इञ्जिन, चेसिससहितको सवारी साधान आयात गर्दा ३० प्रतिशत भन्सार, ५५ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भ्याट लाग्ने गरेको अवस्थामा पार्ट्स भनेर आयात गर्दा अन्तःशुल्कमा ५० प्रतिशत नेपाल सरकारले छुट दिने प्रावधानअनुसार कम्पनीले उक्त छुट लिन खोजेको थियो  । 

यद्यपि यसबारे पुनः छड्के परीक्षण गरी अनुसन्धानपश्चात् उक्त सामग्री पूर्णरूपमा खोलखाल नगरेको पाइएकाले नियमानुसार छुट असुलस्वरूप रु १३ लाख ८० हजार थप रकम लिइएको कार्यालयले जनाएको छ । भारतबाट पार्ट्स आयात गर्नका लागि नेपालस्थित उद्योग दर्ता हुनुपर्नेमा जगदम्बा अटो ग्रुप बाराको सिमरास्थित आफ्नो शाखा स्थापना गरी उद्योग दर्ता गराएको छ । 

उद्योगले भारतबाट गाडीको सम्पूर्ण पार्ट्स अलगअलग आयात गरी यहाँ एसेम्बलिङ ९तयारी० गर्नुपर्नेमा बाहिरी भागका केही सामान खोलेर पार्ट्स मात्रै आयात गर्ने गरेको भनेर भन्सार जाँचपास गराई इञ्जिन, चेसिससहितको टेम्पो आयात गर्ने गरेको थियो । सवारी साधनको पार्ट्स आयात गर्दा सि।के।डि। भनेर भन्सार जाँच पास हुने गरेको थियो । एक साताअघि जगदम्बा गुप्रले सि।के।डि। भनेर  रु ३४ लाख ५७ हजार १४१ बराबरको सवारी साधनको पार्ट्स भनेर भन्सार जाँच पास गराई रु ३० लाख १५ हजार ९९६ राजस्व बुझाएको भए पनि कार्यालयले गरेको निर्णयानुसार कारबाहीस्वरूप जरिवानावापत रु थप १३ लाख ८० हजार जगदम्बाले  बुझाएको कार्यालयले जनाएको छ ।