२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

विकास साझेदारद्वारा पुनः निर्माण प्रगतिको प्रशंसा

विकास साझेदारद्वारा पुनः निर्माण प्रगतिको प्रशंसा
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको विकास सहायता सहजीकरण तथा समन्वय समितिले विकास साझेदारहरूको समेत संलग्नतामा पुनःनिर्माण कार्यमा सन्तोषजनक उपलब्धि हासिल भएको निष्कर्ष निकालेको छ । 

समितिको १०औँ बैठकले पुनःनिर्माणका क्रममा प्राप्त अनुभव तथा सिकाइ सम्प्रेषण गर्न मङ्सिरमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा विकास साझेदारबाट उच्च स्तरको सहभागिता रहने पनि निर्णय गरिएको छ । आजको बैठकले विकास साझेदारबाट पुनःनिर्माणका क्रममा भएको संलग्नताबाट प्राप्त उपलब्धिलाई ग्रहणसमेत गरेको छ । 

कार्यक्रममा विश्व बैंक, एसियाली विकास बैंक (एडिबी), संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), जापान सहयोग नियोग (जाइका), एफसिडिओ, युएसएआइडी, युनिसेफ, युएनओपिएस लगायतका विकास साझेदार निकायका नेपाल प्रमुख तथा प्रतिनिधिले नेपालको पुनःनिर्माणमा आ–आफ्ना निकायको प्राविधिक तथा वित्तीय सहयोग तथा प्रगतिबारे धारणा राख्नुभएको थियो ।   

एसियाली विकास बैंकका कन्ट्री डाइरेक्टर अर्नाउड काउचोइसले मन्तव्य राख्दै भूकम्पपछिको सफल पुनःनिर्माण तथा पुनस्र्थापनाका लागि प्राधिकरणलाई बधाई दिनुभयो । काउचोइसले नेपालको उत्थानशीलतामा प्राधिकरणसँग सहकार्य गर्न पाउँदा गर्व लागेको उल्लेख गर्दै बाँकी रहेका काम सम्बन्धित निकायमा हस्तान्तरणको प्रक्रिया सहज ढङ्गले हुने विश्वास व्यक्त गर्नुभयो । 

विश्व बैंकका वरिष्ठ विपद् जोखिम व्यवस्थापन विज्ञ कामरान अकबरले विपद् जोखिम न्यूनीकरण गरी उत्थानशील नेपाल निर्माणको उद्देश्यलाई विश्व बैंकको सहयोग निरन्तर रहने बताउँदै देशैभरिका विद्यालयको संरचनात्मक सामथ्र्य अध्ययन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सहयोग गरेको जानकारी दिनुभयो ।

जाइकाकी कन्ट्री डाइरेक्टर युमिको आसुकुमाले जाइकाको सहयोग केवल भूकम्पपछिको भौतिक पुनःनिर्माणमा मात्र नभएर आगामी दिनमा आउनसक्ने विपद् जोखिम न्यूनीकरणका लागि पनि भएको बताउँदै अन्तर्राष्ट्रिय सम्मेलन सफल पार्नका लागि सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो । 

समितिका अध्यक्ष एवं प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालको पुनःनिर्माणमा मित्रराष्ट्र एवं विकास साझेदारबाट प्रदान गरिएको सहयोगका लागि आभार व्यक्त गर्दै आगामी दिनमा पनि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सहयोग निरन्तर प्राप्त हुने अपेक्षा गर्नुभयो । अन्तर्राष्ट्रिय सम्मेलन आयोजनामा विकास साझेदार संस्थाको संलग्नता र सहकार्यको ढाँचाबारे जानकारी गराउँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सम्मेलनमा उच्चस्तरको सहभागिताका लागि आग्रह गर्नुभयो । 

पुनःनिर्माण र पुनस्र्थापनामा प्राप्त अनुभव अन्तर्राष्ट्रिय समुदायसामु बाँड्ने उद्देश्यले यही मङ्सिर २१–२३ मा अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले विपद् जोखिमबाट सुरक्षित नेपाल निर्माणका लागि भइरहेको विपद् उत्थानशील ढाँचाको तयारीबारे बैठकलाई जानकारी दिनुभएको थियो । 

यससम्बन्धी ढाँचालाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्बन्धित मन्त्रालय तथा निकायसँगको पृष्ठपोषणसहित अन्तिम रुप दिई आगामी सम्मेलनमा प्रस्तुत गर्ने सहमति पनि बैठकमा बनेको छ । 

कार्यक्रममा समितिका सदस्यसचिव एवं प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीले सहभागीलाई स्वागत गर्दै बैठकका एजेन्डा प्रस्तुत गर्नुभएको थियो । प्राधिकरणका कार्यकारी समिति सदस्य डा चन्द्रबहादुर श्रेष्ठले अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तथा यसमा विकास साझेदारबाट गरिएको अपेक्षाबारे प्रस्तुतीकरण दिनुभएको थियो ।

प्राधिकरणका योजना तथा बजेट व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव भगवान अर्यालले पुनःनिर्माणमा हालसम्म प्राप्त उपलब्धि, विकास साझेदारबाट प्राप्त सहयोग तथा प्राधिकरणको बहिर्गमन योजनाबारे समितिलाई जानकारी गराउनुभयो ।

भौतिक उपस्थिति र भर्चुअल माध्यमको मिश्रित मोडलबाट आयोजित कार्यक्रममा परराष्ट्र मन्त्रालय तथा अर्थ मन्त्रालयका प्रतिनिधिको पनि सहभागिता थियो । विकास सहायताद्वारा सञ्चालित पुनःनिर्माणसम्बन्धी कार्यमा संलग्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार एवम् नागरिक समाजबीच आवश्यक समन्वय र सहजीकरण गर्नेरगराउने उद्देश्यले २०७३ साल कात्तिकमा समितिको गठन भएको हो ।