२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

पाटनमा विश्व पर्यटन दिवस मनाइयो

पाटनमा विश्व पर्यटन दिवस मनाइयो
अ अ+ अ-

काठमाडौं । पाटन दरबार आसपासका क्षेत्रमा साइकल ¥यालीका साथै साँझमा दीप प्रज्वलन गरी विश्व पर्यटन दिवस २०२१ मनाइएको छ । ललितपुर महानगरपालिकाका साथै ललितपुर उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा पाटनका धार्मिक तथा सांस्कृतिक क्षेत्रको प्रचारप्रसारका लागि द्वीप प्रज्वलन गरिएको हो । 
    
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ घनश्याम उपाध्यायले पर्यटन क्षेत्रले कम लगानीमा नागरिकको चेतना वृद्धि गराउने उल्लेख गर्नुभयो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कोभिडका कारण पर्यटन क्षेत्र खुम्चिन पुगेको बताउनुभयो । महानगरपालिका सांस्कृतिक सम्पदा केन्द्रका प्रमुख सहजीत राईले मुलुकमा पटकपटक भित्रने रोग र भूकम्पका कारण पर्यटन क्षेत्रलाई धेरै असर पुयाएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस क्षेत्रलाई मजबुत बनाउन सबै क्षेत्रबाट साझा पहलको जरुरी छ ।”

सङ्घका अध्यक्ष मनोजबहादुर न्याछोंले सो दिवसका सन्दर्भमा दरबार क्षेत्रबाट पाटनका धार्मिक मार्गहरु करिब ८० ले साइकल यात्रीले यात्रा गरी भव्यताका साथ मनाइएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “कोरोना महामारीले भासिएको पर्यटन क्षेत्र विकासका लागि समयसापेक्ष आकर्षित योजना ल्याउन जरुरी छ ।”

सङ्घका कार्यसमिति सदस्य अपुलाल अवालेले पाटनमा आठौँदेखि १२औँ शताब्दीसम्मका मन्दिरहरु रहेका जानकारी गराउँदै नेपाल पर्यटन बोर्डले सोको प्रचारप्रसारमा लाग्नुपर्ने औँल्याउनुभयो । पाटन दरबार क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा क्षेत्रमा घोषणा गर्नाका साथै विश्व हस्तकला परिषद्ले समेत ३५औँ कला नगरी घोेषणा गरिसकेको छ । 

पाटनमा मुलुककै लामो मच्छिन्द्रनाथ रथयात्रा, भोटो देखाउने जात्रा, भीमसेन खटजात्रा, कार्तिक नाच, कृष्ण जन्माष्टमी पर्व, कुम्भेश्वर मेला आदि मनाइन्छ । पाटनमा दरबार स्क्वायर, कृष्ण, तलेजु र भीमसेन आदि मन्दिर रहेका छन् । पाटन धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक मन्दिरै मन्दिरका रुपमा परिचित नेपाल उपत्यकाको प्राचीन र महत्वपूर्ण तीन सहरमध्ये सबैभन्दा पुरानो सहर पर्दछ । कार्यक्रममा पाटनमा विभिन्न काष्ठकला, मूर्तिकला, प्रस्तरकला, धातुकला र हस्तकलाका विभिन्न सामग्री निर्माण हुने गरेका चर्चा गरियो ।