२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

सुदूरपश्चिम : प्रदेशसभाको बैठक अढाई महिनापछि सुरु

सुदूरपश्चिम : प्रदेशसभाको बैठक अढाई महिनापछि सुरु
अ अ+ अ-

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन अन्तर्र्गतको नियमित बैठक झन्डै अढाई महिनापछि आज सुरु भएको छ । छलफलका लागि पर्याप्त कार्यसूचीको नहुँदा प्रदेशसभाको बजेट अधिवेशनअन्तर्गतका नियमित बैठक बस्न ढिलाइ भएको बताइएको छ । गएको असार २७ गते बसेको प्रदेशसभाको बैठक पछि अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो । नेकपा (एमाले) र जनता समाजवादी पार्टीमा भएको विभाजनले निम्त्याएको प्रभावका कारण पनि नियमित बैठक बस्नमा ढिलाइ भएको बताइन्छ ।

प्रदेशसभाका सचिव रामसिंह धामील भने केन्द्र र प्रदेश तहमा देखिएको राजनीतिक तरलताका कारण बैठक बस्न ढिलाइ भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यो बीचमा दलहरू विभाजन भई प्रदेशसभामा छ दल पुग्नु, सरकार गठन र पुनर्गठन हुनु र प्रदेशसभामा आवश्यक व्यवस्थापनमा समय बढी लाग्दा बैठक बस्न ढिलाइ भएको हो ।”

गएको वैशाख २१ गते प्रदेशसभाको बजेट अधिवेशन सुरु भएको थियो । जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्वपूर्ण संस्थाका रुपमा स्थापित प्रदेशसभाको बैठक लामो समयसम्म नबस्दा प्रदेशका जनताको समसामयिक समस्या समाधानका बारेमा छलफल हुन पाएको थिएन । 

दल विभाजनको असर :  यसअघि असार २७ गतेको बैठकसम्म प्रदेशसभामा चार दल एमाले, नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको  प्रतिनिधित्व  रहेकामा आजको बैठकदेखि नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीको प्रतिनिधित्वसमेत थपिएको छ । योसहित प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सङ्ख्या अब छ पुगेको छ ।

एमाले विभाजन भई गठन भएको एकीकृत समाजवादी र जनता समाजवादी विभाजन भई गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी गरी दुई दल थपिएका हुन् । प्रदेशसभामा नवगठित एकीकृत समाजवादी पार्टीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेका सभामुखबाहेक १०, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका एकरएक प्रदेशसभा सदस्य रहेका छन् ।

दल विभाजनको असरसँगै प्रदेश सरकारबाट बाहिरिएको एमालेका सदस्यलाई बैठकमा प्रतिपक्षी बेन्चको लहरमा कुर्सीको व्यवस्था गरिएको थियो ।  नवगठित एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्य सत्तापक्ष माओवादी केन्द्रका सदस्यसँगै एउटै लहरमा बसेका थिए । प्रतिपक्षी बेन्चको पहिलो लहरमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सदस्य बस्नुभएको थियो । प्रतिपक्षी बेन्चकै पछाडिको लहरमा एमालेका सदस्य बस्नुभएको थियो । एमाले संसदीय दलका नेता एवम् निवर्तमान आर्थिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह आजको बैठकमा अनुपस्थित हुनुहुन्थ्यो ।

आजको बैठकमा भौतिक पूर्वाधार विकासमन्त्री एवं एकीकृत समाजवादी पार्टीका नेता दीर्घबहादुर सोडारीले प्रदेश लोकसेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउदले सुदूरपश्चिम खेलकुद ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक छुट्टाछुट्टै रुपमा टेबुल गर्नुभएको थियो । 

यसैगरी आर्थिक मामिला तथा योजनामन्त्री तारालामा तामाङले प्रदेश सरकारलाई प्राप्त महालेखा परीक्षकको आर्थिक वर्ष २०७६/७७ सम्बन्धी वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नुभयो । उक्त प्रतिवेदनमाथि छलफल, अध्ययन र सुझावका लागि सार्वजनिक लेखा समितिमा पठाइने जानकारी सभामुखले दिनुभएको थियो । 

बैठकमा प्रदेशसभाको सामाजिक विकास समितिका सभापति कुन्ती जोशीले समितिमा दफावार छलफल भई तयार पारिएको सुदूरपश्चिम प्रदेश पशु स्वास्थ्य तथा पशु सेवा  सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ को प्रतिवेदन पेस गर्नुभयो । 

यसअघि आजको बैठकको प्रारम्भमा समामुखबाट समय लिएर एमालेका हर्कबहादुर कुँवरले बेपत्ता हुनुभएका अछाम जिल्लाका एमालेका सदस्य धनबहादुर रावत खोलामा मृत भेटिएकाले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न र पीडित परिवारलाई राहतको व्यवस्था गर्न माग गर्नुभयो । 

यस्तै दार्चुलाबाट प्रतिनिधित्व गर्नु हुने एमालेकै सदस्य ग्याल्बुसिंह बोहराले महाकाली नदीमा तुइन चुँडाली दिएर जयसिंह धामी नदीमा बेपत्ता भएको घटनाका सम्बन्धमा गठन भएको छानबिन समितिले स्थानीय जनताको भनाइलाई तोडमरोड गरेर प्रतिवेदन तयार पारेको आरोप लगाउनुभयो । उहाँले धामीका परिवारलाई उचित राहतको व्यवस्था गर्न, दुहू र महाकाली नगरपालिकामा बाढीका कारण पुगेको धनजनको क्षतिबाट पीडितलाई उचित राहत र विस्थापितलाई बसोबासको व्यवस्था गर्नसमेत माग गर्नुभयो ।