२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान संविधान जोगाउन गठबन्धनः वरिष्ठ नेता पौडेल



अ+ अ-

तनहुँ । नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधान जोगाउन र नेपालको विकास गर्नका लागि गठबन्धन आवश्यक रहेको बताउनुभएको छ ।

नेपाली काँंग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सो धारणा राख्नुभएको हो । नेता पौडेलले नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाले शान्ति सम्झौतामा हस्ताक्षर गर्दा नै आफूले अलोकतान्त्रिकलाई लोकतान्त्रिक बनाएर शान्तिको बाटोमा ल्याएको भन्नुभएको स्मरण गर्दै त्यतिबेलादेखि नै कांग्रेसको माओवादीसँग गठबन्धन सुरु भएको बताउनुभयो ।

समाजसेवी र जनताको घरघरमा पुग्ने व्यक्तिले चुनाव जित्ने गरी वातारवण सिर्जना गरेर राष्ट्र बचाउनुपर्ने आजको मुख्य मुद्दा बनेको उहाँले बताउनुभयो । उहाँले गठबन्धनका उम्मेदवारलाई मत दिएर लोकतन्त्रको रक्षा गर्न पनि मतदातालाई आग्रह गर्नुभयो ।